Erani Mahal
तानसेनमा सिल गरेकाे समुदायकाे ३ सय ३५ जनाको स्वाब संकलन
117526546_2758552221082936_8679015126551035_o
पाल्पा- पाल्पाको तानसेनस्थित बिशालबजार क्षेत्रका प्रत्येक घरको एक जनाकाे गरी ३ सय ३५ जनाको स्वाब संकलन गरिएकाे छ । पाँच दिनअघि घरमा बसेकी तानसेन–४, की ४० वर्षिया महिलामा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रसिङ् गरिएको तानसेन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । घरमै बसेकी महिलालाई कोरोना संक्रमण देखिएपछि प्रशासनले सिल गरेको क्षेत्रमा रहेका प्रत्येक घरबाट एक जनाको गरी ३ सय ३५ जनाकाे स्वाब संकलन गरि भैरहवा पठाइएकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी आेमप्रकास पन्थीले बताउनुभयाे । तानसेन नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झविन्द्र न्यौपानेका अनुसार सोमबार विहान १० बजेदेखि संक्रमित महिला बसोबास गरेको क्षेत्र र लुम्विनी मेडिकल कलेजका केही चिकित्सक सहित स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षण गरिएकाे छ । पछिल्लो एक महिनायता संक्रमित महिलाको आफ्नै परिवार र लुम्विनी मेडिकल कलेजका स्वास्थ्यकर्मीसँग बाहेक अन्य मानिससँग सम्पर्क भएको देखिएन न्यौपानेले भन्नुभयो । त्यसैले घरमा परिवारका सबै सदस्य र लुम्विनी मेडिकल कलेजमा महिलाको उपचारका संलग्नको समेत स्वाब परीक्षण हुने न्यौपानेको भनाई छ । स्वाब परीक्षणको मापदण्ड अनुसार संक्रमण भएको ५–७ दिनको बीचमा कन्टङयाक्ट ट्रसिङ् गरिन्छ । यही मापदण्डका आधारमा सोमबार दुई सय बढीको स्वाब सङ्कलन गरिने प्रारम्भिक तथ्याङ्क प्राप्त भएको नगरपालिकाले जनाएको छ । कन्ट्रयाक्ट ट्रसिङ् आधारमा मात्र कुन स्थान र कोबाट कोरोना स¥यो भन्ने पत्ता लाग्नेछ । यसले कोरोनाबारे थप सजगता र उपचारका लागि सहज हुनेछ । यस क्षेत्रमा एक घरबाट एकजना र स्थानीय व्यवसायीहरुलाइ समेत नमुनाकाे रुपमा लिएर स्वाव निकालिएकाे हाे । स्वाव परीक्षाणका लागि भैरहवा पठाइएकाे र त्यसकाे नतिजा २।३ दिनभित्रमा आउने स्वास्थय कार्यालयले जनाएकाे छ । नतिजाकाे आधारमा मात्रै आगामि दिनकाे रणनीति बन्ने स्वास्थ्यकाे भनाइ छ ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update