Erani Mahal
तानसेन बिशालबजार क्षेत्रमा प्रत्येक घरका सदस्यको स्वाब संकलन
118124680_3608366902530640_593681427681391452_n
पाल्पा- पाल्पाको तानसेनस्थित बिशालबजार क्षेत्रका प्रत्येक घरको एक जना सदस्यको स्वाब परीक्षण गरिएकाे छ । पाँच दिनअघि घरमा बसेकी तानसेन–४, की ४० वर्षिया महिलामा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रसिङ् गरिएको तानसेन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । घरमै बसेकी महिलालाई कोरोना संक्रमण देखिएपछि प्रशासनले सिल गरेको क्षेत्रमा रहेका प्रत्येक घरबाट एक जनाको स्वाब संकलन गरि भैरहवा पठाइएकाे छ । तानसेन नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झविन्द्र न्यौपानेले भन्नुभयो । उहाँका अनुसार सोमबार विहान १० बजेदेखि संक्रमित महिला बसोबास गरेको क्षेत्र र लुम्विनी मेडिकल कलेजका केही चिकित्सक सहित स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षण गरिनेछ । पछिल्लो एक महिनायता संक्रमित महिलाको आफ्नै परिवार र लुम्विनी मेडिकल कलेजका स्वास्थ्यकर्मीसँग बाहेक अन्य मानिससँग सम्पर्क भएको देखिएन न्यौपानेले भन्नुभयो । त्यसैले घरमा परिवारका सबै सदस्य र लुम्विनी मेडिकल कलेजमा महिलाको उपचारका संलग्नको समेत स्वाब परीक्षण हुने न्यौपानेको भनाई छ । स्वाब परीक्षणको मापदण्ड अनुसार संक्रमण भएको ५–७ दिनको बीचमा कन्टङयाक्ट ट्रसिङ् गरिन्छ । यही मापदण्डका आधारमा सोमबार दुई सय बढीको स्वाब सङ्कलन गरिने प्रारम्भिक तथ्याङ्क प्राप्त भएको नगरपालिकाले जनाएको छ । कन्ट्रयाक्ट ट्रसिङ् आधारमा मात्र कुन स्थान र कोबाट कोरोना स¥यो भन्ने पत्ता लाग्नेछ । यसले कोरोनाबारे थप सजगता र उपचारका लागि सहज हुनेछ । यस क्षेत्रमा एक घरबाट एकजना र स्थानीय व्यवसायीहरुलाइ समेत नमुनाकाे रुपमा लिएर स्वाव निकालिएकाे हाे । स्वाव परीक्षाणका लागि भैरहवा पठाइएकाे र त्यसकाे नतिजा २।३ दिनभित्रमा आउने स्वास्थय कार्यालयले जनाएकाे छ । नतिजाकाे आधारमा मात्रै आगामि दिनकाे रणनीति बन्ने स्वास्थ्यकाे भनाइ छ ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update