Erani Mahal
गुल्मीमा पहिरोसहित आएको बाढीले मालवाहक ट्रक बगायाे
khola
गुल्मी- गुल्मीमा पहिरोसहित आएको बाढीले रोकिराखेको मालवाहक ट्रक बगाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार बुटवलदेखि बागलुङको बहटियातर्फ जाँदै गरेको लु१ख ७४०६ नम्बरको ट्रक सत्यवती गाउँपालिका वडानम्बर ६ मा डहरे ठाडो खोलामा आएको बाढीले ट्रक बगाएको छ । ठूलो बाढी आएपछि ट्रक रोकेर चालकहरु साईट लागेका थिए । उक्त ट्रक बाढीले करिब २० मिटर तल बगाएको प्रहरीले जनाएको छ । बगाएको ट्रकको क्षतिको विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update