Erani Mahal
बेथल स्कुलका विद्यार्थीद्वारा विदेशका विद्यार्थीसँग अनलाइन साक्षात्कार
117444890_3338423402886209_6131588198281816887_n
पाल्पा- तानसेनकाे मेहालधारामा रहेकाे बेथल स्कुलका विद्यार्थीद्वारा विदेशका विद्यार्थीसँग अनलाइन साक्षात्कार गरेका छन् । विद्यालयका प्रिन्सिपल खेमबहादुर सारुका अनुसार बेथल स्कुलका कक्षा ३-५ सम्म पढ्ने १० जना बिद्यार्थीहरुले भर्चुअल एक्सचेन्ज प्राेराेग्राम विथ जापानिज स्टुडेन्टस कार्यक्रममा जापन, भारत, म्यानमार, भियतनाम, थाइल्याण्डका विद्यार्थीहरुसंग विभिन्न रमाइला विषयमा छलफल र साक्षात्कार गर्ने अवसर प्राप्त गरेका छन् । यस कार्यक्रमका लागि स्कारवल क्लव पाेखराका अध्यक्ष केशवप्रसाद पराजुलीले सहयाेग गरेकाे सारुले बताउनुभयाे । बिद्यार्थीहरुले भर्चुअल एक्सचेन्ज प्राेराेग्राम विथ जापानिज स्टुडेन्टस कार्यक्रममा जापन, भारत, म्यानमार, भियतनाम, थाइल्याण्डका विद्यार्थीहरुसंग विभिन्न विषयमा छलफल र सिकाइ आदान प्रदान गरेका थिए । जसले विद्यार्थीमा अन्तरनिहित क्षमतामा समेत विकास हुने विद्यालयले जनाएकाे छ । विद्यालयले लकडाउन यता अनलाइन कक्षालाइ निरन्तरता दिएकाे प्रिन्सिपल सारुले रानीमहललाइ बताउनुभयाे ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update