Erani Mahal
रानीमहल समाचार प्रभाव : निस्दीका पूर्ण अशक्त  खाम्चालाई  आर्थिक सहयोग प्राप्त
117290716_969296496868785_7194695013241020889_n
पाल्पा- निस्दीका पूर्ण अशक्त हस्तबहादुर खाम्चालाई आर्थिक सहयोग प्राप्त भएको छ। धन कमाउन विदेश पस्नुभएका निस्दीका खाम्चा पुर्ण अशक्त भएर फर्कनुभयो भन्ने रानीमहल समाचारको प्रभावबाट खाम्चाले सहयोग पाउनुभएकाे हाे । गत असार २६ गते ईरानीमहल डटकममा प्रकाशित समाचारको प्रभावबाट खाम्चाले शनिबार निस्दी आवाज युवा संजाल मार्फत नगद ५ हजार सहयोग पाउनुभएको छ । निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल , भोर्मा स्थायी ठेगाना भएका हस्त बहादुर खाम्चा गएको २ वर्ष अगाडि साउदी अरेबियाबाट पुर्ण अशक्त भएर घर फर्कनु भएको हो। खाम्चाको बारेमा समाचार प्रकाशन भएपछि निस्दी आवाज युवा संजालले सामाजिक संजल फेसबुकमा शेयर गरेर भाइरल बनाएको थियो । सोहि समाचार देखेर निस्दी गाउँपालिका ४ मित्याल स्थायी निबासी हाल भारतीय सेनामा कार्यरत बोम बहादुर सुनारीले खाम्चाको परिवारलाई नगद ५ हजार सहयोग गर्नुभएको छ । सहयोग रकम निस्दी आवाज युवा संजालका प्रतिनिधि मीन सोमैले खाम्चाको कोठामै गएर बुझाउनु भएको छ। रकम बुझ्नुहुँदै खाम्चाले सहयोग गर्नुभएकोमा सुनारी र रानीमहल समाचार र निस्दी आवाजलाई धन्यवाद दिनुभएको छ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update