X
10
Shares

तानसेनको प्यारागन इगलिस बोर्डिङ् स्कुलमा पहिरो जाँदा विद्यालय जोखिममा

रानीमहल संवाददाता || ३१ श्रावण २०७७,शनिबार १८:५४

पाल्पा– जिल्लाको प्यारागन इगलिस बोर्डिङ् स्कुलमा पहिरो गएको छ । तानसेनको वडा नंं ३ भगवतीटोलमा रहेको विद्यालयको कम्पाउण्ड वाल र खेलमैदानमा पहिरो गएको हो ।

पहिरोले विद्यालयको वल्कमा समेत क्षति पुर्याउन सक्ने भएको छ । विद्यालयका प्रिन्सिपल गंगाबहादुर खत्रीको अनुसार लगातारको पहिरोका कारण तलबाट वाल उठाएर निर्माण गरिएको खेल मैदान र कम्पाण्ड पहिरोले भत्काएको छ ।

पहिरो जाँदा भगवतीटोलबाट पप विद्यालय हुँदै मिसन जाने बाटो समेत अवरुद्ध भइरहेको छ । पहिरोले अन्दाजी ५ लाख बढीको क्षति भएको विद्यालयले जनाएको छ ।

लगातरको वर्षातको कारण शुक्रवार धजा फाटेको र शनिवार अवेर पहिरो झरेको स्थानीय प्रत्यक्षदर्शी विष्णु पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys