Erani Mahal
लाहुरेको चिठी 'मनकी रानी'लाई
lahure letr
प्रिय 'मनकी रानी' सिर्जना, 'कार्गिल'को 'रणभूमिबाट' लाखौंलाख 'बेलिजाइ'को फूल गुच्छा स्वरुप 'सम्झना' छ स्वीकार गर ल। सिर्जना तिमीलाई नै थाहा छ हामी दुई बिच 'पहिलो भेटैमा' नै मन पराएर 'देउरालीको वर' लाई सछी राखी 'नौमती' र 'पन्चेबाजाको ताल'सगै 'लगनगाँठो'मा बाँधिएको । म 'दाइको ससुराली गाउँ'मा जांदाखेरी 'साली मेरै हो' भनी 'के छ साली ज्यू' भनी 'रातो स्याउ दाना'जस्तो गालामा माया गर्न खोज्दा तिमीले 'ए भेना' 'दियो कलश' र 'पानसमा बत्ती बलेर' मलाई लिन आउनुस र मलाई 'जापान टोकियो' र 'हङकङ मलाय' घुमाउन लैजानुस भनी ख्याल ठट्टा गरेको पनि हिजै जस्तो लाग्छ। सिर्जना 'गरिवको जिन्दगी' यस्तै रहेछ 'जम्मुकश्मिरमा' 'लडाइँको लाहुरे' बनेर नाम कमाएको छु।'काठमाडौंमा घर' बनाउने सपना देखेर ज्योतिषी सँग 'चिन हेरेर' उनै 'इश्वर भगवान' सँग बिन्ती गरेर 'आरबको खाडीमा' पनि नगइ 'आमाको आशिर्वाद' थापी लडाइँ लड्न विवश छु । आजकाल 'तिम्रो के छ हाल' 'ससुरालीमा' तिम्री आमाले 'थिरीथिरी बाबू' भन्दै छोरा राजुलाई खेलाउदैछन् होला।छोरा राजुलाई स्कुल पठाउँदै गर्नु। 'लाज मानेर' 'चरीचुच्चे च' लेख्न नसक्दा नपिट्नु फेरि 'पिटिन आमाले' भन्दै भन्दै 'सिमसिम पानीमा' 'भम्देउ कता जाउँ' भनी बिलाप गरि रुन सक्छ।यहाँ 'मध्यपश्चिमकि' 'लाहुरेको छोरीले' फोन गरिकी थिइन्।'भन्नू नभाको' कुराहरु सुन्नु पर्यो।भाइ बुद्धिसागरको पनि 'शुभबिबाह' भएछ राम्रो भयो।साथीहरूसँग 'बनकीचरीलाई' जिस्क्याउदै 'मुरलीको धुन' मा 'सल्लाघारी वन' तिर 'डाँफे नाचेर' 'फूलको बासना' 'मायालुलाई सन्चै छ क्यारे' भन्दै 'कोहलपुरैमा' आउनलाई आफ्ना 'फूलमायालाई निम्तो' गर्न नदिनु । कान्छो सालो बद्री पनि साथीहरूसँग 'हेल्लो मैयाँ साहेब' 'भन्देउ आइ लभ यू' भन्दै हातमा 'जाली रुमाल' लिइ 'क्याम्पस बन्दमा' नि पि एन क्याम्पस तिर 'दाइकीसालीको' साथमा हुन्छन् रे त कहिले 'ब्यूटी नम्बर वान' 'मेरो माया लाग्छ लाग्दैन' भन्दै 'ससुरालीमा' पुग्छन् रे। उता गाउँको मेरो मन मिल्ने साथी भगवान पनि कहिले 'खैरेनीमा गेट' बनाउदै 'त्यो मन कस्तो छ' भन्दै 'फूलमा भमरा' बसेको हेर्दै 'वनमा काँडा छ' नभनी 'डाली लर्कायो' भन्ने गीतमा मादल र सारङ्गीको 'तिर्सना' लिई 'छुटि गयो साथ' अब के गर्ने 'बिग्रीयो चाल पनि' गयौं 'धोका दिएर' भन्दै 'राइफल भिरेर' 'गैह्री झारौला' भनी बुबा संग ढिपि गर्छन् रे त कहिले 'लोकतन्त्रको कोपिला लायो' भन्दै उफन्छ्न रे ............... सिर्जना,केही 'गुनासो' नगर 'आयो चिट्ठी धागोले बाँधेको' भने बहिनीलाई 'नरोउ कमला' भनेर सान्त्वना दिनु ल। 'पर्देशीको ब्यथा' यस्तै हो,'लाहुरेको जिन्दगी' बिताउन पनि अहिले आएर 'पछुतो' लाग्दैछ। 'नौतुना रेलैमा' 'नानीपाल्पाली' संग अस्ति मात्रै 'बाल्लै भो भेट'।उनिसङ्ग 'छैन होसैमा' 'जोडी पाछैन' 'सकिन भुल्न मैले त' 'फर्क पर्देशी' लेखेर पठाएका रहेछ्यौ। 'बयरघारीमा' 'बेदनाकोपोको' लिइ 'माइतीको सम्झनामा' 'हिड्दैछु भौतारी' 'कसो गरुनी' लेखिएको पत्र पढ्न पाए। 'हुन्न कि भेट' भनी धेरै 'चिन्ता नगर' 'चिनो' र 'नासो' स्वरूप 'थिरीथिरी बाबु' भन्नलाई छोरा राजु छदैछ। छोरा राजुलाई 'माछापुच्छ्रे शिर' र 'हिमचुलीमा' पाइला टेक्न सक्ने योग्य सुपुत्र बनाउनु छ। पूर्णिमाको 'जुनेली रातैमा' 'बत्ती बालेर' 'शिरैमा चन्द्रमा' राखी 'चुल्ठो लर्काउदै' 'ऐना हेरेर' तिम्रा दिनचर्याहरु बिताउदैछौ हौली। सिर्जना 'धरोधर्म' 'आँखैको नानीले' 'उनी मेरै हुन्' भन्न छाडेको छैन। 'भयौं बिरानी' नभन 'बसौलि साथैमा' भनी 'नेपाल जाने दाइ' सँग 'चिट्ठी लेखेर' पठाएको थिएँ अवश्य तिम्रो हात पर्यो होला।सिर्जना यस्तै छ जिन्दगी म यहाँ 'आर्मी गेटैमा' तिम्रो सम्झनामा दिनरात बिताउदैछु। 'बम्बैको कोठीमा' पुगेर कसैको 'पछि लाइदैन'।माथि गाउँको माधवेले पनि 'अन्तरजातीय बिबाह' गरि 'छोडपत्र' दिन खोजेको खबर सुनेको थिएँ साँचो हो कि हल्ला सुनेको। चित्त बुझेसी पनि किन 'सुनपानी' छर्कने बनेर सम्झाउनु। बिमल दाजु पनि भुपु साथीको खोजीमा फोटो गोजिमा राखी 'मधुबनैमा' 'अङ्गुर अमिलो' खादै 'जापान टोकियो' बस्ने 'गङ्गा जमुना' लाई मेरै भर परे 'शङ्का नमान' भन्दै 'औँठी कुशैको' दिएर 'चैतेदशै मेलैमा' आउन निम्तो गर्छन् रे 'पश्चिम पुर्वको' संगिनीलाई 'हेरौली ऐनामा' भनेर जिस्क्याउछ्न रे अनि 'रानीघाटैमा' 'नजाउ बिन्ती छ' भन्छन् रे। लौ त सिर्जना अब 'के के हुने हो' 'मायाले मार्यो' नभन्नु भाग्यले साथ दिए अवश्य पनि भेट होला। मेरो 'जोबन कर्जामा' 'बाजि ठोकेर' तिम्रै लागि भरेर राखेको छु। ' 'सिउदो त्यसै खाली नराख' शिरमा 'सिन्दुर' लाउ यो पर्देशीलाई माया नमार। नारायण बुबासङ्ग लालपुर्जा बिष्णु दाजुलाई 'दया धर्मले' माग्न पठाउनु। 'किसानीदाइ' र 'भरियादाइ' को पिर उसले राम्ररी बुझ्न सक्छ। उसले माग्दा दिएनन् भने अब देशमा 'लोकतन्त्रको दियो' बलेको भन्छन् 'पानी पँधेरो'मा 'सन्चारकर्मीदाइ' लाई भेट्यो भने उसैलाई भन्नू। म आउदैछु चाडै नै,यो 'लडाइँको लाहुरे' 'डाँडापारि जून' पुग्दा भएपनि 'बटौलीमा झरौला'। तिमी 'लम्जुङ्ग जानेदाइ' र 'माझिदाइ' लाई खबर गरि सप्तराङ्गी फूलको माला उनेर 'पाल्पा नारायण थान' र 'भैराम भाकेर' 'तानसेनको मिनिबस' मा लिन आउनु। पत्र बन्द। उहीँ 'लडाइँको लाहुरे' 'जम्मुकश्मिर' बाट बिभिन्न लोक दोहोरी गिती एल्बमहरुको नाम समाबेस गरी सिर्जना गरिएको एउटा लाहुरेको चिठ्ठी संकलक- होम राई मगर/ निस्दी-६ अर्चले,पाल्पा
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update