Erani Mahal
बुटवलमा उपचाररत कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु
CORONA-DEATH-2
बुटवल- लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुका एक कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ । २९ गते ज्वरो खोकी लागेर उपचारको लागि लुम्बिनीस्थित प्रदेशिक अस्पतालमा आएका मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको कोरोना फोलक पर्सन डा. सुर्दशन थापाले जानकारी दिनुभयाे । उनमा यसअघि नै कोरोना पुष्टि भइसकेको उनको भनाइ छ । ती पुरुषलाई आइसीयूमा राखेर उपचार गरिएको थियो । यसअघि पनि कपिलवस्तुका एकजनाको कोरोनाका कै कारण मृत्यु भएको थियो ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update