Erani Mahal
हेलिकप्टर बनाउन न्यौपाने दाजुभाइलाई सहयाेग
Untitled-1
विकास काफ्ले, पाल्पा – जिल्लाको रम्भा गाउँपालिका वडा नं. ३ खोकखोलाका आशिष र विवेक न्यौपानेलाइ सहयोग आउन थालेको छ। सोही स्थान रम्भा ३ खोकखोलाका स्थायी घर भइ हाल अबुदाबी रहनुभएको धनु ठडराइबाट सहयोग प्राप्त भएको हो । उहाँकाे श्रीमतीले सहयोग गरिएको रकम हस्तान्तरण गर्नुभएको छ । न्यौपाने दाजुभाइलाइ ४ हजार ४ सय ४४ रुपैयाँ सहयोग रकम प्रदान गरिएको हो । धनु ठडराइका श्रीमती अनु ठडराइले न्यौपाने दाजुभाइको घरमै पुगेर रकम हस्तान्तरण गर्नुभएकाे छ । घरमै पुगेर उक्त रकम हस्तान्तरण गर्दै न्यौपानेले अहिले निर्माण गरिरहेकाे हेलिकप्टर सानो सहयाेग गर्न रकम प्रदान गरेकाे ठडराइले बताउनुभयाे । हेलिकप्टर र बग्गी बनाउने दाजुभाइलाइ सहयाेग हाेस् भनेर सहयाेग गरेकाे उहाँकाे भनाइ छ । सानै उमेरदेखि प्राविधिक क्षेत्रमा बढी रुची राख्ने न्याैपाने दाजुभाइले एक हाइड्रो पावरमा समेत काम गर्नुभएकाे थियाे । अहिले न्याैपानेले गाडी तथा माेटरसाइकलकाे इन्जिन प्रयाेग गरेर गाउँमै मल बाेक्ने सानाे बग्गी तथा हेलिकप्टर बनाइरहनुभएकाे छ । हेर्नुहाेस् हेलिकप्टरकाे भिडियाे : https://www.youtube.com/watch?v=_eWPFoUReZE&feature=emb_title
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update