Erani Mahal
नेपालमा २४ घण्टामा ५९४ जनामा कोरोनाको संक्रमण पुष्टि
korona niko
काठमाडौं । पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोना भाइरस- कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । उनीहरुमध्ये १०० जनाको मृत्यु भएको छ भने १० हजार ७७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कहाँ कति थपिए संक्रमित : मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा अहिलेसम्मकै सबैभन्दा धेरै ११ हजार ५७५ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा काठमाडौं उपत्यकाका ११९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ९ जना छन् । यसैगरी पर्साका ७१ जना, मोरङ ५३, सुनसरी, महोत्तरी र बाराका २४र२४ जना, तनहुँ र बाँकेका २२र२२ जना, सुर्खेतका २१, मकवानपुरका १८ तथा सप्तरी, सर्लाही, चितवन र रुपन्देहीका १४र१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिन्धुलीका ११ जना, झापा र कैलालीका ९र९ जना, सिराहा र अछामका ६र६ जना, रौतहट, बर्दिया र कपिलवस्तुका ५र५ जना, दैखेलका ३ तथा सिन्धुपाल्चोक, नवलपुर र कञ्चनपुरका २र२ जनामा संक्रमण देखिएको छ । उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङका १र१ मा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update