Erani Mahal
पाल्पाको कालीमाटी र सिसुवामा पहिरो जाँदा पाल्पा वुटवल सडक अबरुद्ध
p (4)
पाल्पाको सिद्धार्थ राजमार्गको कालीमाटीमा पहिरो जाँदा सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रबक्ता मदन गिरीका अनुसार विहान ७ बजेको समयमा पहिरो झरेर सडक पूर्ण रुपमा अवरुद्ध भएको र पहिरो हटाउन पहल भइरहेको छ । फाइल तस्विर पहिराेकाे । सिद्धार्थ राजमार्गमा वर्षात भएकाले जुनसुकै समयमा पनि पहिरो झर्न सक्ने भएकाले सावधानीस् अपनाएर र अनावश्यक यात्रा नगर्न गिरीले सर्वसाधारणलाइ अनुरोध गर्नुभयो । सिद्धार्थ राजमार्ग स्थित जिल्ला पाल्पा तिनाउ गा.पा.-०६ सिसुवामा पनि पहिरो झरी सडक अवरुद्ध भएको छ । पहिरो हटाउनको लागी सडक डिभिजन कार्यालय संग समवन्य भैरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update