Erani Mahal
पूर्वखाेला गाउँपालिकाकाे क्वारेन्टिनमा बस्नेहरुकाे पिसिआर नेगेटिभ
उग (1)
पाल्पा । पूर्वखाेला गाउँपालिकाकाे क्वारेन्टिनमा बस्नेहरुकाे पिसिअार नेगेटिभ अाएकाे छ । देविनगर वडाको मातृभूमि मावि काे इङलिस ब्लकमा बसेका १३ जना र विरकाेट वडाको गणपति मावि काे इङलिस ब्लकमा बसेका ५ जना गरी १८ जनाको रिपाेर्ट नेगेटिभ आएकाे हाे । अाइतबार स्वाव सङ्कलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरेको परीक्षणमा सबै जनाको पिसिअार नेगेटिभ अाएकाे हाे । राेजगारिकाे सिलसिलामा दिल्ली तथा तेस्रो मुलुकबाट अाएकाहरु १४ दिन सम्म क्वारेन्टिनमा बसेका थिए । पिसिअार नेगेटिभकाे प्रमाणपत्र प्रदान गर्दै थप ७ दिन सुरक्षित रुपमा हाेम क्वारेन्टिनमा बस्न सल्लाह सुझाव दिदै घर पठाएको पुर्वखाेला गाउपालिका स्वास्थ्य शाखाका प्रमुख माेहन ढकालले बताउनु भयो । दिल्ली तथा तेस्रो मुलुकबाट अाउनेहरुकाे क्रम भइरहेकोले काेविट १९ काे जाेखिम रहेकोले गाउँपालिका भित्र अाउने सबै जनालाई क्वारेन्टिनमा राखि पिसिअार परीक्षण गरेर मात्र घर जान पाउने गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताउनु भयो ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update