Erani Mahal
पाल्पा  जिल्लाकाे  विपद् व्यवस्थापनका लागि समितिका ७ निर्णय
ccmc plp
पाल्पा । पाल्पा जिल्लाकाे विपद व्यवस्थापनकाे लागि समितिले ७ निर्णय गरेकाे छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेज्यूको अध्यक्षतामा बैठक बसी देहाय बमोजिम निर्णय गरेकेा हाे । कोभिड-१९ जोखिम न्यूनिकरण, उपचार तथा क्वारेन्टिन र आईसोलेसन व्यवस्थापन तथा विभिन्न विपद् व्यवस्थापनका घटनामा योगदान गर्ने स्थानीय तह, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सम्ब्द्ध पक्षलाई हार्दिक धन्यवाद दिने निर्णय गरियो । विपद् पिडित उद्दार र राहत सम्बन्धी (सातौं संशोधन) मापदण्ड, २०७७ मा भएको व्यवस्था सम्बन्धमा बैठकमा छलफल भई सो को कार्यान्वय गर्ने निर्णय गरियो भयो । गृह मन्त्रालय (विपद् जोखिम न्यूनिकरण तथा पुनर्लाभ शाखा) को च.नं. ३१ मिति २०७७/४/१४ को पत्रबाट माग भए बमोजिम मनसुनजन्य विपद्को कारणले घर (आवास)को पूर्ण क्षति भई नयाँ घर निर्माण गर्नुपर्ने अवस्थामा रहेको विवरण वडास्तरमा वडा अध्यक्ष, स्थानीय प्रहरी, रेडक्रसको प्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत / वडा सचिव समेतको सहभागितामा वडामा भएको विवरण संकलन गरि जिल्ला विपद् व्यवस्थापन समितिमा ३ दिन भित्र अनिवार्य पठाउने निर्णय गरियो । स्थानीय तहले विपद्को सिफारिस गर्दा प्रहरी मुचुल्का, फोटो, क्षति विवरण, स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय र त्यहाँबाट प्रदान गरिएको सहयोग सहित उल्लेख गरी सिफारिस गरी पठाउने निर्णय गरियो । विपद् प्रतिकार्य योजना २०७७ परिमार्जन सहित अनुमोदन गर्ने निर्णय गरियो । जिल्लामा विपद् बाट आकस्मिक रुपमा पर्ने घटनाका लागि सिचाई विकास डिभिजनबाट ५० थान र भू तथा जलाधार कार्यालयबाट ३० थान तारजाली स्टक राखी अन्य तारजाली आफ्नो स्वीकृत कार्यक्रम अनुसार स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिस र औचित्यका आधारमा वितरण गर्ने व्यवस्था सम्बन्धीत कार्यालयले मिलाउने । डिभिजन सडक कार्यालयले सडकमा झरेको पहिरो सफा गरी बाटो सुचारु गर्ने, खाल्डाखुल्डी पुर्ने, मर्मत गर्ने र बैकल्पिक बाटोको व्यवस्था गर्न आवश्यक काम सुरु गर्ने निर्णय गरियो ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update