Erani Mahal
पाल्पामा घरमै बसेकी महिलामा काेराेना संक्रमण देखिएपछि तानसेनकाे केही क्षेत्र शील
bbb
पाल्पा – तानसेनमा घरमै बसेकी ४० वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि तानसेनलाई शील गरिएको छ । तानसेन–४, की महिलामा कोरोना पुष्टि भएपछि तानसेनलाई अर्को सूचना जारी नभएसम्मका लागि बिहीबार बेलुकी ८ बजेदेखि शील गरिएको प्रशासनले जनाएको छ । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी कोरोना संक्रमण फैलनबाट रोक्नका लागि तानसेनलाई शील गरिएको बताउनुभयो । उहाँले तानसेनको बिशालबजारदेखि पूर्वमा हुलाकचोक, पश्चिममा गौरीशंकर हाेटल, उत्तरमा टक्सारकाे माछापसल र दक्षिणमा माथल्लिो पेट्रालपम्पसम्मको क्षेत्र शील गरिएको बताउनुभयो । यो तानसेनको वडा नं. ४ क्षेत्र पर्छ । तर ४ नं. वडाको सबै क्षेत्र भने होइन । शील गरिएकाे क्षेत्रमा बाहिरबाट मानिस प्रवेश गर्न पाइदैन भने भित्रबाट समेत मानिस बाहिर जान पाइनेछैन । लुम्विनी मेडिकल कलेजमा आफन्तको उपचारमा सहयोगीका रुपमा खटिएकी महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले पाल्पामा पहिलो पटक घरभित्र बसेकी महिला (जिल्लाभन्दा र बिदेश बाहिर सम्पर्क नरहेको) मा कोरोना देखिएको हो । समुदायमा कोरोना देखिएपछि तानसेन तरङ्गित बनेको छ । समुदायमा कोरोना फैलिएको बारेमा थप कन्ट्रक्ट ट्रसिङ् काम भईरहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update