Erani Mahal
पाल्पामा घरमै बसेकी महिलामा काेराेना संक्रमण, समुदायमा फैलिएकाे आशंका !
coronavirus_1580713677_otmjfGzE7X
पाल्पा – पाल्पामा पहिलो पटक समुदाय स्तरमा बसेकी एक महिलामा कोरोना संक्रमण देखिएको छ । तानसेन–४, स्थित घरमै बसेकी ४० वर्षिया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । घरमै बसेर लुम्विनी मेडिकल कलेजमा उपचाररत महिलामा कोरोना सङक्रमण देखियो पन्थीले भन्नुभयो पहिलो पटक समुदाय स्तरको मानिसमा कोरोना देखियो । ती महिला आफन्तको उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा सहयोग कार्यमा खटिएकी थिइन् । बुधबार स्वाब संकलन गरिएकाेमा ती महिलाकाे रिपाेर्ट बिहीबार आएकाे हाे । बिरामीको थप उपचारका लागि काठमाडौँमा लैजाने प्रकृयाका लागि महिलाको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । महिलासँगै खटेका श्रीमानकाे भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पा प्रदेश ५ मै तेस्रोमा कोरोना संक्रमण रहेको जिल्लाको रुपमा पर्दछ । छिमेकी जिल्ला रुपन्देही र स्याङ्जामा समेत समुदाय स्तरमा कोरोना फैलिसकेकाले त्यस स्थानमा लकडाउन गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update