Erani Mahal
पाेखराथाेककाे सार्वजनिक शाैचालय संचालन नहुदा सेवाग्रहीलाई सास्ती
117310320_632145174367157_8605517488234508462_n
सन्जय पहारी पाल्पा-पाल्पाको बगनासकाली गाउँपालिका-२ पोखराथोकमा रहेको सार्वजनिक शाैचालय संचालन नहुदा पैदलयात्रीहरुले सास्ती बेहोर्नु परेको छ । दैनिक रुपमा सयौं उपभोत्ताहरु विभिन्न कामको लागि आवतजावत गर्ने पोखराथोकको मुख्य चोक परेपनी सेवाग्राहीले सौच गर्नका लागि शाैचालय प्रयोगमा नहुँदा पैदलयात्रीलाई समस्या भएको छ । वडा कार्यालयले ७५-७६ को बजेट अन्तरगत १ लाख रुपैयाँमा करिब ४ महिना अगाडि निर्माण गरेको शाैचालयमा ताला लगाएर राखिएको छ भने शाैचालय वरपर झारले ढाक्ने अवस्था पुगेको छ । निर्माण भएकाे लामाे समयसम्म पनि शाैचालय संचालन नहुँदा पाेखराथाेक लगायतका सेवाग्रहीलाई सास्ती भएकाे छ । वडा सदस्य तुल्सिराम बस्यालले पानीको समस्या भएको कारण शाैचालय संचालनमा समस्या भएकाे बताउनुभयो । स्थानीयबासीले बाहिरबाट घरभित्र शाैचालय गर्न भन्दै आउने हुँदा तत्काल सार्वजनिक शाैचालय संचालन गर्नुपर्ने र खर्चकाे सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update