X

बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

रानीमहल संवाददाता || २९ श्रावण २०७७,बिहीबार १५:३१

टोपराज शर्मा रुपन्देही । बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मंगलबार राति ज्यान गुमाएका २५ वर्षीय युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।कपिलवस्तुको कृष्णनगर नगरपालिका वडानम्बर १२ का प्रदीप तेलीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयाे ।

साउन २४ गते भारतको मुम्बईबाट घर आएका तेलीमा ज्वरो, खोकी र श्वास प्रश्वासमा समस्या देखिएपछि साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । उनको सोही दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा मंगलबार राति मृत्यु भएको थियो ।

तेलीलाई मिर्गौलामा समेत समस्या रहेको डा. थापाले बताउनुभयाे । ‘मुम्बईबाट आएका र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो,’ डा. थापाले भने, ‘उनमा मिर्गौलाको समस्या रहेछ ।’

तेलीसँगै कोरोना अस्पतालमा मंगलबार राति कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो । उनी भने कोरोना संक्रमित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys