Erani Mahal
रामपुर नगरपालिकाका कर्मचारी र तरुण दलद्वारा बिपन्न परिवारलाइ सहयोग
117445164_608670470083261_7205486592476544455_n
पाल्पा-परिवारमा आमा गुमाएका रामपुर नगरपालिका ८ कोल्टारका बिक परिवारलाई रामपुर नगरपालिकाका कर्मचारी र तरुण दल रामपुरले बुधबार घरमै पुगेर सहयोग गरेका छन् । गत साउन २१ गते कोलटारकी ५० बर्षिय भगवती बिकको घरमा नै निधन भएको थियो । बिपन्न परिवारका उहाँको घरमा अन्तिम सस्कारको कर्म पुरा गर्न पनि धौ धौ परेको स्थानियको जानकारी पछि किरियाखर्चका लागि भनेर नगरपालिकामा कार्यरत केही कर्मचारीले दैनिक खाजा खर्च बापतको रकम संकलन गरेर सहयोग गरेका हुन् । आर्थिक अवस्था कमजोर विक परिवारलाई क्रिया खर्चमा राहत होस् भन्ने उद्देश्यले ११ हजार १ सय सहयोग गरेका हुन्। सो रकम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, रामपुर नगरपालिका ८ का वडा सदस्य मोहन प्रसाद श्रेष्ठ, नगरपालिकाका कर्मचारीहरु सीताराम आचार्य, सुन्दरी बस्टाकोटी, सालिकराम खनालले संयुक्त रुपमा दिवङ्गत बिकका देवर विरेन्द्र वि.क.लाई रकम हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरण गर्नुहुदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सामाजिक कार्यमा कर्मचारीहरुले बेला बखत यसरी सहयोग गर्दै देखाएको सद्भाव सह्रानिय रहेको बताउनुभयो । उहाँले स्वर्गीय वि.क.ले सानो चित्त गरेको प्रती अब यस्ता पाठ नदोहोरिन सबै सचेत हुनुपर्नेमा जोड दिदै मृतकको आत्मा शान्तिको कामना गर्दै परिवारमा समबेदना व्यक्त गर्नुभयो । बिपन्न परिवारमा परेको समस्यामा नगरपालिका सदैव साथ रहेको उल्लेख गर्दै उहाँले नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । रामपुर नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुले बिक परिवारमा केही न केही सहयोग पुगोस् भनेर रकम संकलन गरेको नगरपालिकाका कर्मचारी सीताराम आचार्यले बताउनुभयो । रकम ग्रहण पछि स्वर्गीय वि.क.का देवर विरेन्द्र विकले सहयोगी दाताहरुलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका कर्मचारी सुन्दरी बस्ताकोटीले गर्नुभएको हो । त्यसैगरी तरुण दल रामपुर नगर समितीले बुधबार नै २० हजार १ सय रुपया सहयोग गरेको छ। रकम तरुण दलको तर्फबाट नेपाल तरुण दल रामपुरका नगर सभापति शंकर बहादुर खाँण र नेपाली कांग्रेसका महासमिति सदस्य एवं रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले संयुक्त रुपमा देवर विरेन्द्र वि.क.लाई रकम हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरण गर्दै महासमिति सदस्य रमण बहादुर थापाले युवाहरुलाई रचनात्मक कार्य गर्दै विकास र यस्ता सामाजिक काममा लाग्न आग्रह गर्नुभयो । तरुण दल रामपुरका नगर सभापति शंकर बहादुर खाँणले समाजमा सक्रिय युवाहरुको आमाको निधनको खबरले स्तब्ध बनाएको बताउदै शोकलाई शक्तिमा बदलेर सामाजिक र सकारात्मक काममा लाग्न आग्रह गर्नुभयो। युवा तथा सामाजिक व्यक्तित्वहरुबाट संकलित रकमले अफ्ठ्यारोमा सहजता दिने भएकाले एक अर्काको दुखमा तरुण दल सधै साथ रहेको बताउनुभयो । रकम हस्तान्तरण कार्यक्रममा सहभागीहरुलाई ज्वाई प्रकाश वि.क.ले धन्यवाद दिनुभएको थियो । नेपाल तरुण दल रामपुरका सल्लाहाकार समसुल हक मियाँ, उपसभापति द्वय सिताराम आचार्य र शेखर नेपाली, सचिव गोविन्द ढुङ्गाना, सहसचिब प्रकाश ज्ञवाली, सक्रिय सदस्य मिठु सिं लगाएतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन शालिकराम खनालले गर्नु भएको हो । सोही अवसरमा विजयपुर बजार व्यवस्थापन समितिका अध्यक्ष हेम बहादुर थापाले सो परिवारलाई नगद १ हजार सहयोग हस्तान्तरण गर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update