Erani Mahal
भगवती जात्रा : भगवतीकाे प्रतिमूर्ति घुमाएर मनाइयाे
nnnn
पाल्पा – यस वर्ष सय वर्षदेखि मनाइँदै आएको ऐतिहासिक भगवती जात्रा भगवतीकाे प्रतिमूर्ति घुमाएर रथयात्रा गरिएकाे छ । कोरोना भाइरसको महामारीका कारण यस वर्ष ऐतिहासिक भगवती जात्रा नमूनाकाे रूपमा मात्र मनाउने निर्णय भएकाे थियाे । नेपालको राष्ट्रियतासँग जोडिएको ऐतिहासिक भगवतीजात्रा कोरोनाका कारण भव्य नभएकाे मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिने सम्भावना रहेकाले यो वर्ष भगवती जात्रा सामान्य मात्र गरियाे समितिका अध्यक्ष राजेश्वर उदयले भन्नुभयो मन्दिर परिसरभित्रै भगवतीकाे प्रतिमूर्ति घुमाएर जात्रा गरियाे । यसअघि तानसेन बजारका विभिन्न स्थानमा भव्य मानिसको सहभागितामा धुमधामसहित भगवती जात्रा निकाल्ने प्रचलन थियो । तर याे वर्ष सेना, प्रहरी, शसत्र प्रहरीकाे सानाे टुकडी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, केही जनप्रतिनिधि र केही सर्वसाधारणकाे सहभागिता रहेकाे थियाे । यो वर्ष मन्दिरकाे तर्फबाट बली दिइएकाे थिएन । केही मानिसले भने बली दिएका थिए । भगवती रथ यात्रा अघि मन्दिर वरपर स्यानिटाइज गरिएएकाे थियाे । वि.स. १८७१ देखि १८७२ सम्मको अङ्ग्रेजसँगको युद्वमा नेपाली सेनाले जीतगढी किल्ला विजय गरेको थियो । यही किल्ला जितेको सम्झनामा सय वर्षअघिदेखि तानसेनमा भगवती जात्रा विजयउत्सवको रुपमा मनाइँदै आएको छ । हरेक वर्ष कृष्णाजन्माष्टमीको भोलिपल्ट जात्रा निकालिने प्रचलन रहेको छ । अघिल्लाे वर्ष २ सय वर्षकाे रथयात्रा गरिएकाे थियाे । केही इतिहासविद्ले भने याे वर्ष मात्र रथयात्रा गरेकाे २०० वर्ष पुगेकाे बताउँदै आएका छन् ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update