Erani Mahal
काेराेनाका कारण बुटवलकाे काेराेना अस्पतालमा दुई जनाकाे मृत्यु
Death-from-corona
बुटवल - बुटवलको काेराेना बिशेष आईसाेलेसन अस्पतालमा उपचार गराईरहेका २ जनाकाे मृत्युु भएकाे छ । मृत्यु हुनेमा ४२ र २५ बर्षका पुरुष छन् । मृतक दुवै जना कपिलवस्तुका बासिन्दा रहेकाे बताइएकाे छ । साउन २५ गते देखि उपचार गराईरहेका ४२ बर्षिय पुरुष र २७ गते भर्ना भएर उपचार गराई रहेका २५ बर्षिय पुरुषकाे निधन भएकाे काेराेना बिशेष अस्पतालका फाेकल पर्सन डाक्टर सुदर्शन थापाले पुष्टि गर्नुभएकाे छ । दुवैजनाकाे भर्ना भएदेखि नै भेन्टिलेटरकाे सहायतामा उपचार भई रहेको थियो । ४२ बर्षिय पुरुष कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवाका ब्यापारी रहेकाे बताइएकाे छ भने २५ बर्षिय पुरुष कृष्णनगर वडा नं १२ का बासिन्दा रहेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update