Erani Mahal
तिनाउ गाउँपालिकाको समुदाय स्तरमा कोरोनाको परीक्षण गर्न स्वाव संकलन
117708922_1606977142809320_5553986336447738020_n
पाल्पा– तिनाउ गाउँपालिकाको समुदाय स्तरमा कोरोनाको अवस्था पत्ता लगाउन स्वाव संकलन गरेको छ । कोरोना संक्रमणको संभावित जोखिम पत्ता लगाउन स्वाव परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो । टोलीले बजार क्षेत्र तथा गाउँटोलमै पुगेर स्वाव संकलन गरेको हो । वडा नं. ६ को डुम्रे दुग्ध उत्पादक सहकारीका कर्मचारीहरु, वडा नं. ५ को चरचरे, जोरधारा, केराबारी लगायतका क्षेत्रका ३० जनाको स्वाव संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको घर्तीले बताउनुभयो । नर्सिङ्ग इन्चार्ज रिता थापा र ल्याव असिस्टेन्ट बुद्धि गाहाले स्वाव संकलन गर्नुभएको थियो । तिनाउँले यस अघि स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी, जनप्रतिनिधि र क्वारेन्टाइनमा बसेकाको परीक्षण गरेको थियो । तिनाउमा भारतबाट आएका ८ जनामा कोरोना संक्रमण दिएकोमा उनीहरु सबै निको भएर घर फिर्ता भएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update