Erani Mahal
तानसेनकाे 'माेबाइल घर'बाट चाेरी गरेर फरार रहेका युवक पक्राउ
kk
पाल्पा – जिल्लाको विभिन्न स्थानमा मोबाइल चोरी गर्दै हिड्ने एक जना युवक पक्राउ परेका छन् । पछिल्लो समय गएको शुक्रबार तानसेन हुलाकचोकस्थित मोबाइल घरबाट स्याम्सुङ् कम्पनीको मोबाइल चोरी गरेर फरार रहेका उनलाई प्रहरीले साेमबार बेलुकी पक्राउ गरेको हो । पक्राउ पर्ने युवककाे बारेमा प्रहरीले सार्वजनिक गरेकाे छैन । पक्राउ पर्ने व्यक्तिको बारेमा अहिले अनुसन्धान भईरहेको छ । स्रोतका अनुसार पक्राउ परेका युवकले यसअघि पनि अन्य स्थानमा पनि मोबाइल चोरी गरेका थिए । [caption id="attachment_12472" align="alignnone" width="1034"] तानसेनस्थित हुलाक चाेककाे माेबाइल घरमा जडान गरिएकाे सिसी फुटेजकाे तस्विर ।[/caption] मोबाइल किन्ने बहाना बनाएर तानसेन हुलाकचाेकस्थित मोबाइल घरमा पसेका युवकले पसलेलाई मोबाइल देखाउन लगाएर आँखा छलेर दुई वटा मोबाइल लिएर फरार रहेका थिए । तर प्रहरीको सक्रियताले सोमबार बेलुकी ती युवक पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ । माेबाइल चाेर्ने युवककाे भिडियाे माेबाइल घरमा जडान गरिएकाे सिसी फुटेजकाे क्याप्चर गरिएकाे थियाे । यसकाे सहयाेगमा उनलाइ पक्राउ गर्न सहयाेग पुगेकाे थियाे भने तानसेनका विभिन्न संघसंस्थामा जडान गरिएकाे सिसी क्यामेराकाे भिडियाेका सहयाेगमा समेत उनी पक्राउ परेकाे स्राेतले जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update