Erani Mahal
ख्यालठट्टा गरी उचालेर फाल्दा रुपन्देहीमा एकजनाकाे ज्यान गयो
dath body
बुटवल । रुपन्देहीमा एक व्यक्तिको हाँसिमजाकमै ज्यान गएको छ । सियारी गाउँपालिका–३ सितापुरका ५५ वर्षिय जँगबहादुर बेलदारको ख्यालठट्टामै ज्यान गएको हो । उनका छिमेकी ४० वर्षिय ओमप्रकाश यादवले मादक पदार्थ सेवन गरी ख्यालठट्टा गर्दै उचालेर पछार्दा सोमबार उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । आईतबार दिउँसो भएको सो घटनामा बेलदारको ढाड र कम्मरमा चोट लागेको थियो । घाइते भएका उनलाई उपचारका लागि मेडिकल कलेज भैरहवा लगिए पनि उपचार सम्भब नभएपछि अस्पतालले अन्य सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाब दिएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण उनका छोराहरुले घरमा राख्दा सोमबार मृत्यु भएको हो । प्रहरी कार्यालय बेथरीमा खबर प्राप्त भएपछि घटना सार्वजनिक भएको हो । घटनामा संलग्न यादवलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान जारी राखेको छ । जंगबहादुरलाई थप उपचारको लागि पठाउने तयारी गर्दै गर्दा मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खड्काले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update