Erani Mahal
हुम गैरेकाे एकल लोक गीत निस्दी तरेर सार्वजनिक
117184310_977342222687226_7865584174337687382_n
पाल्पा- बिशाल मुभिज प्रा.लि. मार्फत चर्चित लोक गायक तथा सर्जक हुम गैरेको मार्मिक एकल लोक गीत निस्दी तरेर बजारमा सार्वजनिक भएको छ । बिभिन्न शिलशिलामा अनि कार्य ब्यस्तताका कारण आफ्नो जन्म घर छोडी धेरै टाढा रहनु पर्ने बाध्यता संगै जन्मेको,हुर्केको,खेलेको गाउँ ठाउँँको स्वर्णीम याद गीत मार्फत गरिएको छ । गायक गैरे कै लय,शब्द तथा निर्देशन रहेको गीतलाई धिरज खत्रीले खिचेका छन् भने गीतमा बरिष्ठ चलचित्रकर्मी रमा थपलिया,हुम गैरे,रमा ठकुरी र भुवन चौलागाईको जिबन्त अभिनय हेर्न सकिन्छ । झरी परेर घर छेउ कै बर पिपल पहिरोले बगाएको निस्दी खोला उर्लिएका कारण बाटो घाटो बन्द भई गाउँ फर्किन नपाएको सामाजिक यथार्थलाई बिषय बस्तु बनाइएको गीत उत्कृष्ट ढंगले प्रस्तुत गरीएको छ । चर्चित हुन,हिट हुन,ब्यवसाय गर्न भन्दा नी नितान्त आत्म सन्तुष्टीका लागि यो गीत सार्वजनिक गराइएको गीतका गायक तथा सर्जक गैरे बताउँछन् । मर्म स्पर्सी एकल लोक गीत निस्दी तरेर गीतलाई हाम्रो पनि सफलताको शुभकामना ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update