Erani Mahal
तानसेन खानेपानी कार्यालयमा उपभाेक्ताकाे धर्ना !
117073295_306314647282977_5021322620808952152_n (1)
पाल्पा - दुई सातादेखि धारा नआएकाे भन्दै तानसेनका उपभोक्ताले शान्तिपूर्ण बिराेध गरेका छन् । तानसेन-५, कैलाशनगर बतासेडाँडा क्षेत्रका ४० घरधुरी उपभोक्ताहरुका घरमा धारा नआएकाे भन्दै सांकेतिक रूपमा अनसन बसेर बिराेध जनाएका हुन् । तानसेन ५, कैलाशनगरका स्थानीय बासिन्दा जगदीश भट्टराइले तानसेन खानेपानी उपभाेक्ता समितिकाे लापरबाहीले आफूहरूले घाँटी भिजाउन समेत पानी नपाएकाे गुनासाे गर्नुभयाे । पानी भनेकाे मानव जीवनका लागि अत्यावश्यक हाे तर हामीले दुइ सातादेखि पानी पाएनाैँ जनचेतना दैनिकका सम्पादक समेत रहनुभएका भट्टराइले भन्नुभयाे समितिले पानी वितरणमा गरेकाे लापरबाही नसुध्रिएसम्म आन्दाेलन जारी रहन्छ । उहाँले आफू एक्लैले खानेपानीकाे कार्यालयमा धर्ना दिएपनि सबै उपभाेक्ताकाे आन्दाेलनप्रति एक्यवद्धता रहेकाे उल्लेख गर्नुभयाे । [caption id="attachment_12430" align="alignnone" width="2560"] धर्नामा बस्नुहुँदै उपभाेक्ता भट्टराइ । [/caption] काेराेना महामारीका कारण सबै उपभाेक्ता धर्ना बस्न नमिलेर सांकेतिक रूपमा आइतबार १ घण्टा धर्ना बसेर बिराेध गरेकाे भट्टराइकाे भनाइ छ । तानसेन कैलाशनगरको बतासेडाँडा क्षेत्रका ४० घरपरिवार विगत ३ बर्षदेखि खानेपानी समस्याबाट पीडित बनेकाे आराेप छ । माग पूरा नभए आन्दाेलन थप शसक्त बनाउने उपभाेक्ताकाे भनाइ छ । उपभाेक्ताहरूले कैलाशनगर सहित तानसेन क्षेत्रमा भएकाे खानेपानीकाे समस्या समाधान हुनुपर्ने, पानी वितरणमा भइरहेकाे लापरबाही हटाउनुपर्ने लगायतका काम छन् । उता खानेपानी उपभाेक्ता समितिका सचिव केशव पाैडेलले भने खानेपानी निरन्तर संचालन हुनका लागि विद्युत आपूर्ति नियमित हुनुपर्ने बताउनुभयाे । तानसेनमा विद्युत अनयमित हुने, भुल्केमा मेसिन बिग्रन, मेसिन बनाउन बुटवल जान नपाउँदा खानेपानी नियमित हुन नसकेकाे स्वीकार गर्नुभयाे । उहाँले तानसेनकाे कैलाशनगर र बतासे क्षेत्रमा सडक बिस्तारका क्रममा जथाभावी खन्दा पानीकाे पाइप बिगार्दा समेत कैलाशनगर क्षेत्रमा नाैँ दिनदेखि पानी वितरण हुन नसकेकाे बताउनुभयाे । उहाँले समस्या समाधानका लागि आफूले बाेर्डकाे बैठकमा राख्ने बताउनुभयाे ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update