Erani Mahal
रामपुर नगरपालिका कार्यालय परिसरमा स्तनपान कक्षकाे सुरुवात
117313150_3161553063935305_1939589354973958933_n
पाल्पा- विश्व स्तनपान सप्ताहको अबसरमा पाल्पाको रामपुर नगरपालिकामा स्थापना गरिएको स्तनपान कक्षको उद्घाटन भएको छ । "स्वास्थ्य र सुन्दर संसार,स्तनपान एक मात्र आधार" भन्ने नारा सहित मनाइएको स्तनपान सप्ताहको मौकामा नगरउपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले स्तनपान कक्षको उद्घाटन गर्नुभएको हो । रामपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्थापना गरिएको कक्ष उद्घाटन गर्दै नगर उपप्रमुख आचार्यले अाफनाे बच्चालाइ अामाकाे दूध खुवाउ धेरै राेग लाग्नबाट बचाउ भन्ने उद्देश्यले नगरपालिका कार्यालय परिषरमा स्तनपान कक्ष स्थापना गरिएको बताउनुभयो । स्तनपान नगराउदा आमाको सुन्दरता बढ्ने गलत प्रवृत्तिले आमाको दूध खान पाउनुपर्ने अधिकार बाट गाउँ टोलमा केही बच्चा बन्चित भएको तितो यथार्थ समाजमा रहेको बताउदै उहाले प्राण प्यारो लाग्ने आफ्ना सन्ततिको दिमाख तेजिलो र जिउ स्वस्थ्य बनाउन आमाकै दूध महत्वपूर्ण रहने भएकाले बच्चा संग नरिसाई नझर्किकन नियमित समय समयमा दूध खुवाउन र नियमित खोप र तौलमा समेत ध्यान दिन उहाले आग्रह गर्नुभयो । नगरपालिकाका नर्सिङ्ग अधिकृत पुनम धितालले नियमित स्तनपानको महत्वबारे जानकारी दिदै आमाको बिगौती दुध बच्चाको लागि पहिलो खोप भएकाले बच्चा जन्मे लगत्तै आमाको दूध खुवाउन आग्रह गर्नुभयो । बच्चा जन्मेलगत्तै देखि जन्मेको १ घण्टा भित्रमा दूध खुवाइसक्नु पर्ने भन्दै उहाँले स्तनपानले आमालाई स्तन क्यान्सर हुनबाट बचाउँने र आफ्नो सन्तान प्रतिको आत्मियता बढ्ने हुदा जन्मेपछी जति सक्यो छिटो दूध खुवाउन र दूध नआएको खण्डमा पनि चुसाउदै गए आउने र थप आमालाई पोसिलो खाना खुवामा दूध खुलेर आउने हुदा परिवारले पनि यस्ता कुरा जान्न बुझ्न पर्ने बताउनुभयो । हरेक वर्ष अगष्ट १ देखि ७ तारिक सम्म विश्वभर मनाइने स्तनपान सप्ताह साउन १७-२३ सम्म परेको थियो । सो अबसरमा नगरपालिकामा स्तनपान कक्ष बने पछि नगरपालिकामा सेवा लिन आउने बच्चा सहितका आमा सेवाग्राही र कर्मचारीलाई सहज भएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर सन्जु परियारले स्तनपानको महत्व आबश्यकताका बारेमा बोल्दै बच्चा गर्भमा बसेदेखी नै आमा र बच्चाको स्वास्थ्यको लागि आफू सजग हुनुपर्ने बताउदै बच्चा जन्मेको कम्तिमा ६ महिना सम्म आमाको दूध मात्रै खुवाउन र त्यसपछी अन्य खाना सहित २ बर्षसम्म दूध खुवाउन अनुरोध गर्नुभयो । नर्सिङ अधिकृत पुनम धितालको स्वागतबाट शुरु कार्यक्रमको संचालन स्वास्थ्य अधिकृत गिरीराज घिमिरेले गर्नुभएको हो ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update