Erani Mahal
वन महासंघ रामपुरकाे आयाेजनामा सामुदायिक वन दिवस मनाइयाे
117173032_701732944015933_6496352625592712544_n
पाल्पा-सामुदायिक वन उपभोक्ता महासंघ रामपुरले सामुदायिक वन दिवस रामपुरमा मनाएको छ । सामुदायिक वनको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ स्थापनाको रजत जयन्ती मनाइसकेको समयमा सरकारले समेत बिगत ५ बर्षदेखी सामुदायिक बन दिवस मनाउदै आएको छ । सामुदायिक बन उपभोक्ता महासंघ रामपुरका अध्यक्ष मित्रा ढकालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बोल्दै बन नीति र अधिकार संगसंगै जाने भएकाले आफ्नो अभिभावक र सन्तती मानेर जोगाएको बनको दिगो व्यबस्थापनमा जोड दिनुपर्नेमा बताउनुभयो । बनमा गल्ती पनि गर्ने र बन प्रहरी प्रशासन संग डराउने प्रबृतिले समन्वयमा सहज हुन नसकेको औल्याउँदै राम्रो काम गर्ने र उत्कृष्ट बन्ने कार्यमा लाग्न उहाले बन समुहलाई आग्रह गर्नुभयो । प्रदेश सदस्य बिन्दु श्रेष्ठले बिगतमा स्थानिय तहको समन्वयमा केही कार्यक्रम भएको स्मरण गर्दै उपभोक्ता, बन समूह, बन महासंघ र स्थानिय, प्रदेश सरकारको सहकार्यमा काम गरेर समृद्ध उपभोक्ता बनाउन सबै मिएर लाग्नुपर्ने बताउनुभयो । विशिष्ट अतिथी प्रदेश सदस्य यज्ञमुर्ती घिमिरेले कोरोनाको कहरका बेला संयमित रहन सबै उपभोक्तालाई आग्रह गर्दै मास्क र साबुन हस्तान्तरण गर्नुभयो । सुरक्षित र सजकता अपनाउन अनुरोध गर्दै बनको संरक्षण र सम्बर्द्धनमा उपभोक्ताको भुमिका उल्लेख्य रहने बताउनुभयो । सब डिभिजन बन कार्यालय रामपुरका सहायक बन अधिकृत सरिफ मियाले बन ऎन र नियममा रहेर सामुदायिक बनले काम गर्नुपर्नेलाई चुक्न नहुने भन्दै बनमा अबैध गतिबिधी हुन नदिन सबै चनाखो हुनुपर्ने बताउनुभयो । महासंघका सल्लाहकार तथा पत्रकार सीता डोटेलले बन प्रति नागरिकको अधिकार स्थापना, संरक्षण र प्रबर्द्धन, उपभोक्ता समुहमा नेतृत्व र क्षमताका लागि सामुदायिक बनको महत्त्वपूर्ण भुमिका रहेको उल्लेख गर्नुभयो । गाबुडाडा सामुदायिक बनका अध्यक्ष बिमल श्रेष्ठले बनको कार्ययोजना निर्माण १०/१० बर्षमा हुँदै आएकोमा ५/५ बर्षमा गर्नाले थप झण्झट भएकोले दिगो योजना नै उत्तम लागेको बताउनुभयो । सामुदायिक बन उपभोक्ता महासंघ रामपुरका सदस्य ईश्वरीदेवी खनालको स्वागतबाट शुरु भएको कार्यक्रममा बन महासंघका प्रदेश सदस्य यज्ञमुर्ती घिमिरेले उपस्थित सबैलाई कोरोना संक्रमणबाट जोगिन सुरक्षा स्वरुप साबुन र मास्क बितरण गर्नुभयो ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update