Erani Mahal
कृषि र पशुपालनबाटै वेराेजगारी समस्या हल प्रदेश सभासद खनाल
116648861_351175885892574_239386669285214858_n
पाल्पा- प्रदेश नम्बर ५ का संसद युवाराज खनालले कुनै पनि युवाहरु बेरोजगारी बएर बस्न नपर्ने बताउनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै प्रदेश संसद खनालले युवाहरुले चाहेको खण्डमा कृषि , पशुपालन तथा पर्यटन प्रवर्द्धन जस्ता कार्यक्रममा प्रदेश सरकारले पुर्ण सहयोग गर्ने बताउनुभयो । एक फरक प्रसंगमा बोल्नुहुँदै संसद खनालले नेकपा पार्टी सबैभन्दा ठुलो पार्टी भएकोले यहाँ धेरैको धेरै विचार रहेकोमा घर झगडा मात्रै भएको बताउनुहुँदै कार्यकर्तालाई बिचल्ली नहुन अनुरोध गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी ४ नम्बर वडा कमिटी मित्यालका अध्यक्ष रन बहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेता देवीलाल लामिछाने , पाल्पा जिल्ला सदस्य भुवन थापा , हेम बहादुर खाम्चा लगायतले बोल्नुहुँदै पार्टीको सिद्धान्त र कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update