Erani Mahal
तानसेनदेखि रानीमहलसम्म पुग्ने बाटाे पीच गर्ने काम सुरू
Untitled-1
पाल्पा - पाल्पाको ऐतिहासिक एवं पर्यटकीय महत्वकाे रूपमा स्थापित रानीमहलसम्म पुग्ने बाटाे पीच गर्ने काम सुरू भएकाे छ । पाल्पाको सदरमुकाम तानसेनदेखि करिव १३ कि.मि.टाठा पर्ने रानीमहल पुग्ने बाटाेकाे बाँकी ६.५ किमी सडक पीच गर्ने काम सुरू भएकाे हाे । यसअघि ७ किमी बाटाे पीच गरिएकाेमा बाँकी ६.५ किमी बाटाे पीच गर्ने काम सुरू भएकाे हाे । सडक पूर्वाधार विकास कार्यालय पाल्पाको करिव रु १२ करोड ७३ लाख ८७ हजारको लगानीमा ६.५ कि.मी सडक कालाेपत्रे गर्ने, रिटेनिङ् वाल लगाउने र नाली बनाउने गरी २०७६ फागुन २२ गते ठेक्का सम्झौता भएकाे थियाे । तस्विर : वसन्त कुँवरकाे सहयाेगमा । २०७८ जेष्ठ २१ गते सम्म काम सम्पन्न गर्ने गरी लोहनी एण्ड ब्रर्दस लोहनी एण्ड सन्स जे.भि.कन्सट्र्क्सनलाई निर्माणकाे ठेक्क दिएकाे सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख प्रेम नारायण बस्यालले जानकारी दिनुभयाे । नेपालमा कोरोना भाइरसको जोखिम अवस्था कायमै रहेको भएता पनि कन्स्ट्र्क्सनले बाटोको काम समाजिक दुरी कायम गर्दे काम धमाधम गरिरहेको र आगामी २०७८ असार समान्त भित्र सम ६.५ कि.मी. पीच साथै वाल तथा नाली बनाउने काम सक्ने गरी काम भइरहेकाे निर्माण कम्पनीका प्रमुख अशोक लोहनीले बताउनुभयो । पाल्पाको रानीमहलमा आन्तरिक मात्र नभई वाह्य पर्यटकहरु लागि आकर्षककाे केन्द्र हाे । यहाँ ५ नं. प्रदेश सरकार र तानसेन नगरपालिकाले सडक बनाउन तथा रानीमहल क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न सहयाेग गरिरहेकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update