Erani Mahal
निस्दीले समुदाय स्तरमा गरेकाे कोरोना परीक्षणकाे नतिजा नेगेटिभ
116373277_323626075433655_6853797280183944769_n
धनबहादुर ठाडा - निस्दी गाउँपालिकाले समुदाय स्तरमा लिएको कोरोना रिपोर्ट सबैको नेगेटिभ आएको छ । गत साउन २० र २१ गते निस्दीले १ सय ८ जनाको पिसीआर परिक्षणको लागि स्वाव संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाएको थियो । निस्दीले स्वास्थ्यकर्मी , प्रहरी , पत्रकार , कर्मचारी , जनप्रतिनिधि तथा समुदाय स्तरका व्यक्तिहरुको पिसीआर परिक्षणको लागि स्वाव संकलन गरि पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको निस्दी गाउँपालिका स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । साथै संयोजक दिशाले निस्दीमा हालसम्म समुदाय स्तरमा कोरोना नफैलिएकोले आगामी दिनमा सबैलाई सजग हुन अनुरोध गर्नुभएको छ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update