Erani Mahal
पाल्पाकाे निस्दीमा विरुवा संरक्षणको लागि दैनिक पहरा दिदै उपभाेक्ता
116563483_636146000356319_2362569838932676408_n
पाल्पा- गौचरन र नाङ्गो डाँडालाई कबुलियती वन बनाए पछि निस्दी गाउँपालिका वडा नम्बर-७,हुबास,पाल्पाका कृषकहरु अहिले बिरुवा संरक्षणमा लागेका छन् । गाउँ देखि केही माथि नाङ्गो डाँडामा यो वर्ष बिरुवा लगाउन थाले पछि बिरुवाको हेरचाह र संरक्षणका लागि दैनिक जसो ३/३ जनाको दरमा पालो गरेर हेरालु गर्दै आएको हुबास लेकडाँडा कबुलियती वन उपभोक्ता समितिका अध्यक्ष मुक्त बहादुर पाटाले बताउनु भएक छ । उहाँले भन्नुभयो," कबुलियती वन भित्र आवद्ध भएका ७ उपसमूह रहेका ८४ घरधुरीबाट पालो गरेर विरुवाको हेरचाह गरेका छौ,अरु समयमा गौचरन बनेको ठाउँलाई कबुलियती वन बनाएर आम्दानीको श्रोत बनाउने यो प्रयास लाई सफल बनाउन यस्तो योजना ल्याइएछौ ।" केही वर्ष यता देखि अर्चले लेकडाँडालाई कबुलियती वन बनाउदै विरुवाहरु लगाउन थाले पछि त्यसैको नजिक रहेको हुबासले पनि यस्तो कार्यको थालनी गरेको हो । यस वर्ष हुबासले निस्दी गाउँपालिका पाल्पाको २ लाख रुपैयाँको आर्थिक सहयोगमा अम्रिसोको बिरुवा लगाएको छ त्यसैगरी डिभिजन वन कार्यालय पाल्पाको सहयोगमा ४ हजार टिमुर,४ हजार कागती र एक हजार चिउरीको बिरुवा लगाएको अध्यक्ष पाटाले जानकारी दिनुभएको छ । यस वर्ष हुबास र दार्सिङ्गबासका कृषकहरुलाई आवद्ध गराएर करीब १४ हेक्टर क्षेत्रफलमा लगाएको हुबासले अर्को वर्ष क्षेत्रफल बिस्तार गरि आम्दानीको श्रोत फराकिलो बनाउने योजना रहेको बताइन्छ ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update