Erani Mahal
बगनासकालीमा बिहीबार राती पानी संगै आएको हावाहुरीले मकै बालिमा क्षति
116709261_674787793134702_8452122886014227164_n (1)
सन्जय पहारी पाल्पा- बुधबार र बिहीबार राती पानी संगै आएको हावाहुरीले बगनासकाली गाउँपालिकाका मकै बालिमा लाखौँको क्षति पुयाएको छ । हावाहुरीको कारण बगनासकाली गाउँपालिका-२ पोखराथोकका साबिककका नौवटै वडाहरुमा करिब २०-३० लाखभन्दा बढीको क्षति भएको स्थानीय कृषकहरूले बताएका छ्न् । हावाहुरीका कारण किसानले लगाएको मकैको बोट भाँच्चिएको तथा जराबाटै पल्टिएको छ भने पछिल्लो समय नेपाली बजारमा मकैको मुल्य उच्च भएको र मकैलाई बीउ मार्फत पनि यस वडाबाट बाहिर पठाउदै आएकोमा यस बर्ष भने सलह, बाँदर र हावाहुरीको कारणले मकै उत्पादनमा कमी आउने कृषकहरुले बताएका छ्न। हरेक बर्ष यस ठाउँका कृषकहरू विभिन्न कारणले गर्दा नोक्सानी व्यहोर्न बाध्य हुँदा किसानहरु खेती छोडी बाहिर पलायन हुने क्रम बढ्दो रहेको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update