Erani Mahal
कविता : कहिले खुल्छ आकाश ?
bis
लगातार झरी परिरहेको छ न वादल कम हुन्छ न बर्षा म बार्दलीवाट चिहाईरहेको छु अहँ आकाश खुल्ने संकेत छैन ।।।। कहाँवाट आयो यतिका वादल ? कहाँ थियो र कहाँ जान्छ यति धेरै पानि ? सोध्छु बुज्रुकहरूलाई दिन भोगेकाहरूलाई यो चलिरहेको छ,, निरन्तर निरन्तर ।।।। कुनै अर्को दिन आकास खुल्यो के पानि सकिएर हो? त्यस्तो होइन के वादल सकिएर हो ? त्यस्तो होइन तर अव केहि समय आकाश सफा रहनेछ ।।।। विरुवाहरूले पानी संचय गरेका छन् धर्तिले पानि संचय गरेको छ अव आवश्यक परे दुवैले खपत गर्नेछन र मनुस्यरजीवजन्तु लाई पनि दिनेछन ।।।। आकाश खुल्यो, निलो आकाशगंगा हेरिरहेको छु पन्छी, जन्तु र मानिस सवैले उत्सव मनाईरहेछन मानिस दशैँ मनाउन थाल्यो चाड मनाउन थाल्यो कसैले सुर्यको पुजा गर्न थाले ।।।। धान लहलह, मकै फस्टाएको छ बारी भरि तरकारी छ ठुला पोखरीमा पौडी खेल्न पाइएको छ खासमा आकाश खुलेको छ ।।।। सबैतिर रमाइलो थियो अव जाडो सुरु भयो हिउँ झर्ने वेला भयो सकिदै गरेको पानि थपिएको छ ।।।। गर्मी सिर्जना गर्ने परिकार खादै जाडोलाई धुमधडका सहित विदाई गरियो फेरी चर्को घाम सुरु भयो खासमा आकाश खुलेको छ, अझ धेरै खुलेको छ ।।।। गर्मि सहिनसक्नु छ धर्तिको सिंचित पानि सकिदै छ खोलानाला घटेका छन् आकाश हेर्दा सुर्य जलिरहेको मात्र देखिन्छ ।।।। कैयन जीवहरू पानीको काकाकुलमा सकिए विरुवाहरू मर्न थाले जंगलमा आगो लागेको छ सवैतिर हाहाकार छ ।।।। र एकदिन फेरी घुम्दै फिर्दै बादल आइपुग्यो बादल संगै बर्षा आइपुग्यो र बिरुवाले पानि पाउनेछन बन्जड धर्तीले पुनः पानि संचय गर्ने छ ।।।। म पुनस् त्यहि बार्दलीवाट हेरीरहेको छु लगातार झरी परिरहेको छ न वादल कम हुन्छ न बर्षा अहँ आकाश खुल्ने संकेत छैन ।।।। यसरी नै चलिरहन्छ प्रकृति चक्रमा, घुमिरहन्छ तर हामि एकदिन चक्रमा फस्नेछौं हेर्दाहेर्दै प्रकृतिले हामीलाई बिदाई गर्नेछ ।।।। कृपया प्रकृतिलाई प्रेम गरौँ हामि यसकै उपज हौँ यहि सकिनेछौं आकाश खुलेको दिन सधैं देखिने छैन ।।।। २०७७।०४।२३। बल्कोट
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update