Erani Mahal
धर्मचक्र बौद्ध युवा संघ पाल्पाद्वारा सिविआरका बालबालिकालाई खाध्यान्न सहयोग
117175763_635260874045017_4322071787965574552_n
पाल्पा–धर्मचक्र बौद्ध युवा संघ धर्मचक्र महाविहार तानसेन पाल्पाको आयोजनामा पाल्पा सिविआरमा रहेका अपांगता (फरक क्षमता) भएका व्यक्तिहरुलाई खाध्यन्न तथा स्वास्थ्य सामग्री सहयोग गरिएको छ । अपांगताको क्षेत्रमा काम गर्दै आइरहको सिविआर कार्यक्रमको कार्यालयमा रहेका ११ जना अपाङ्गता भएका बालबालिकाको लागि चामल, नुन, तेल, दाल, चिनी, सावुन, सरफ, माक्स, ह्याण्डी प्लासट, औषधी लगायतका सामग्रीहरु बितरण गरिएको कार्यक्रम संयोजक अनुराधा बज्राचार्यले रानीमहललाई बताउनुभयो । सिविआरका व्यवस्थापक कृष्ण गहतराज मार्फत संस्थाका बालबालिकालाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमका व्यवस्थापक गहतराजले सविआरको कार्यक्रम र काम बारेमा जानकारी समेत दिनुभएको थियो । संघका पूर्व अध्यक्ष एवम् सल्लाहकार उत्पल कुमार बज्राचाले कार्यक्रमको बारेमा र बुद्ध धर्मको सारबारे बताउनुभएको थियो । सोही कार्यक्रममा संघका सदस्यहरुको तर्फबाट व्यक्तिगत रुपमा सिविआर अक्षयकोषको लागि श्रद्धादान, बालबालिकाहरुलाई पनि खाध्यान्न सामग्री वितरण गरिएको थियो । कार्यक्रम संयोजक अनुराधा बज्राचार्यको स्वागत, क्लवका सचिव बसन्तलाल बज्राचार्यले संचालन गर्नुभएको कार्यक्रम अध्यक्ष विरेन्द्र राज शाक्यको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update