Erani Mahal
निस्दी गल्धाकाे सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पिलेन्द्र ठाडा चयन
116425928_3141272522633468_1931735561653437561_n
पाल्पा- सरस्वती माध्यमिक विद्यालय निस्दीको अध्यक्षमा पिलेन्द्र ठाडा चयन हुनुभएको छ। निस्दी गाउँपालिका वडा नम्बर ५ गल्धा कठैडाँडा स्थित सरस्वती माध्यमिक विद्यालयको बुधबार बसेको बैठकले आगामी ३ वर्षको लागि ९ सदस्यीय विद्यालय व्यवस्थापन सिमिति सर्बसहमतिद्वारा गठन गरेको छ। समितिको सदस्यहरुमा मन कुमार शाही , यम बहादुर तोमाता , सन्त बहादुर पचभैया , विष्णु माया सोती , आसमौती सोती , पदेन सदस्यमा वडा अध्यक्ष भिम बहादुर वयम्बु , शिक्षक प्रतिनिधिमा हरि गौतम र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक शुशिल ढकाल रहनुभएको छ । बाल कक्षादेखि १२ सम्म पढाइ हुँदै आएको यस विद्यालयमा ४ सय ५० जना विद्यार्थी अध्ययनरत छन ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update