X

तीन महिनापछि पाल्पा काेराेना मुक्त जिल्ला बन्याे

रानीमहल संवाददाता || २० श्रावण २०७७,मंगलवार २०:५८
a

पाल्पा – पाल्पा जिल्ला तीन महिनापछि काेराेना मुक्त जिल्ला बनेकाे छ । गत जेठ १७ गते पहिलाे पटक काेराेना संक्रमित देखिएकाे पाल्पामा तीन महिनापछि काेराेना मुक्त जिल्ला बनेकाे हाे । यसअघि पाल्पा रेड जाेनमा थियाे ।

कुल ५६१ जना संक्रमितहरू निकाे भएर घरमा फर्किएपछि पाल्पा काेराेना मुक्त बनेकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयाे । काेराेना संक्रमित भएर आइसाेलेशनमा रहेका ५६० जना सबै काेराेना संक्रमित निकाे भएर घर फर्किएकाे उहाँले जानकारी दिनुभयाे ।

जिल्लाका कुल ५६१ संक्रमित मध्ये एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे भने एक जनाले आत्महत्या गरेका थिए । पाल्पाकाे माथागढीमा ३० जना, रामपुरमा ११७ जना, पूर्वखोलामा १५९ जना, रैनादेवी छहरामा ३९ जना, रम्भामा ४४ जना संक्रमित भएका थिए ।

यस्तै बगनासकालीमा ४२ जना, तिनाउमा ८ जना, रिब्दीकोटमा ५ जना, निस्दीमा ९९ जना, तानसेनमा १४ जना संक्रमित भएका थिए । जिल्लाबाहिरका भएपनि पाल्पामै उपचार रहेका गुल्मीका २ जना र अर्घाखाँचीका १ जना कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५