Erani Mahal
पाल्पामा कारोनाको प्रवाह नगरी हिड्डुल : जोखिम बढ्दो !
116791240_631353604047473_2631408281260768978_n
पाल्पा– पाल्पामा सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्ड पालना नगरी हिड्डुल गर्नेको संख्या बढ्दै गइरहेको छ । जिल्लाका निजी यातायात, बजार, चोक, गल्ली, मोटरसाइकल, बैंक तथा वित्तिय संघ संस्था, कार्यालय आदिमा अहिले मानिसहरुको भीड बढ्दै गइरहेको छ । तर त्यहाँ कसैले पनि कोभिड १९ को संक्रमणबारे सजगता भने अपनाएका छैनन । प्रहरीको आँखा छल्न माक्स लगाउने भएता पनि अरु बेला भने निस्फिक्री हिड्डुल गर्ने, व्यवसायिक गतिविधिहरु संचालन गर्ने गर्दा कोरोनाको जोखिम बढेको स्वयम् विज्ञहरुले बताउन थालेका छन् । सरकारले लकडाउनलाई अन्त्य गर्ने र आर्थिक क्रियाकलापम सहजता ल्याउन खुला गरेसँगै जिल्लाका सर्वसाधारणभने कोरोना नै नभएजस्तो गरी निर्धक्क रुपमा हिड्डुल गर्ने गरेका छन् यस तर्फ सम्बन्धित निकायहरु र स्वयम् उपभाेक्ता व्यक्तिहरुको समेत ध्यान पुग्न सकेको छैन । कोभिड १९ को सर्तकताको लागि जिल्लाका कुनै पनि व्यवसायीहरुले हातधुने व्यवस्था, माक्स र सेनिटाइजरको प्रयोग आफ्ना ग्राहकलाई गराउन सकेका छैनन । बैंकहरुले भित्र २।४ जना मात्रै ग्राहक प्रवेश गराएर सामाजिक दुरी कायम गरेको भनेता पनि बाटो नै छेकिने गरेर भीड लगाएर सामाजिक दुरीको उपहास गरेका छन् । उनीहरुले कुनै स्वास्थ्य सजगतामा ग्राहकलाई जानकारी दिएका छैनन बरु घण्टौं लाइनमा उभाएर दुःख दिएका छन् । यस्तै व्यवसायी र सर्वसाधारण समेत स्वास्थ्य सुरक्षा नअपनाइ कामकाज गर्दै आइरहेका छन् जसले उच्च जोखिम बढाएको छ । पाल्पामा ५ सय ६१ जनामा कोरोना संक्रमण भएको थियो तर उनीहरुलाई दोस्रो पटक परीक्षण नगरी घर पठाइएको छ । जसले समुदायमा जोखिम बढ्ने त्रास यथावत छ । यस्तै छिमेकी जिल्ला र भारतबाट समेत मानिसहरु आइरहेको अवस्थामा कोरोना जोखिम बढ्ने भएपनि सरोकारवाला र सर्वधारणले त्यसतर्फ ध्यान दिन सकेका छैनन् जसले थप जटिलता निम्त्याउने खतरा रहेको छ । प्रशासनले भने काेराेना जाेखिम बढ्नसक्ने भन्दै सजगताकाे लागि सूचना जारी गर्ने गरेकाे छ तर सूचनालाइ बेवास्ता गर्दै माक्स समेत नलगाएर हिड्ने यात्रु तथा सवारी चालकलाइ नियन्त्रणमा लिने र १०० जरिवाना तिराएर छाड्ने गरिएकाे छ ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update