X

मुख्यमन्त्री शंकर पोखरेलद्वारा उपलब्धि देखिने गरी बजेट खर्च गर्न निर्देशन

रानीमहल संवाददाता || २० श्रावण २०७७,मंगलवार १९:३८

बुटवल- मुख्यमन्त्री शंकर पोखरेलले उपलब्धीका सूचकहरु देखिने गरी बजेट खर्च गर्न निर्देशन दिनुभएको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रममा मन्त्रालयहरुको प्रस्तुतीपछि उहाँले नतिजामुखी र उपलब्धीका सूचकहरु देखिनेगरी बजेट खर्च निर्देशन दिनुभएको हो । “बजेट खर्च भएपछि के उपलब्धी भयो भन्ने प्रष्ट देखिनुपर्छ, नागरिकले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ—उहाँले भन्नुभयो ।

उहाँले गत आर्थिक वर्ष धेरै अप्ठारोका बीच राम्रो नतिजा निस्केको र त्यसका लागि काममा खट्ने सबैलाई धन्यवाद दिनुभयो । साथै उहाँले चालु आर्थिक वर्षमा अझ धेरै राम्रो गर्न संयोजनकारी सक्रियता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कोभिड—१९ले श्रृजना गरेको असहज अवस्थाका बाबजुद गत आर्थिक वर्ष २०७६। ०७७ मा प्रदेश सरकारको पूँजीगत खर्च ७९ दशमलव २९ प्रतिशत भएको छ । त्यसैगरी चालुतर्फ ६० दशमलव ५४ प्रतिशत भएको छ । यो हिसाबले कुल खर्च ७० दशमलव ०१ प्रतिशत भएको छ ।

सिंचाई र खानेपानीको दीगो व्यवस्थापनका लागि चुरे र भावर क्षेत्रमा जलाशय निर्माणलाई प्राथमिकता दिएर अघि बढ्न निर्देशन दिनुभयो । “ठूला खालका जलाशय निर्माण, गरौं, त्यस्तो गर्न सकिने क्षेत्रको पहिचान गरी योजना अघि बढौं, ती आयोजनाले नतिजा दिन्छन्—उहाँले भन्नुभयो । सेवा प्रवाहलाई छिटो र छरितो बनाउन र नागरिकको विश्वास जित्न प्रविधिको प्रयोगलाई ध्यान दिएर अघि बढ्न मुख्यमन्त्रीले निर्देशन दिनुभयो ।

त्यसैगरी, उहाँले यातायात व्यवस्था कार्यालय नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भएकाले सेवा प्रवाहलाई व्यवस्थित बनाउन निर्देशन दिनुभयो । उहाँले कपिलवस्तु र अर्घाखाँचीका लागि कपिलवस्तुमा कार्यालय स्थापना गरी काम गर्न सके बुटवल कार्यालयको चाप घटाउन सकिने भएकाले त्यतातिर ध्यान दिन आग्रह गर्नुभयो ।

कर्मचारी हेरफेर भदौ भित्र गर्न तथा कार्यसम्पादन र मुल्याङकनका आधारमा हेरफेर गर्न उहाँले निर्देशन दिनुभयो । रिक्त दरबन्दी मध्ये अत्यावश्यक र प्राविधिक जनशक्तिको सूची तयार गरी पूर्तिका लागि प्रदेश लोकसेवा आयोगलाई छिटो दिन मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।

उहाँले कोभिडको दोश्रो चरण आएको त्यसले भारतमा संक्रमित र मृत्यु हुनेको संख्या बढेकोले त्यसको विश्लेषण गर्दै सामाजिक विकास मन्त्रालयले योजना र कार्यक्रम अघि बढाउन निर्देशन दिनुभयो । दोश्रो चरणमा लक्षण सहितका विरामीको संख्या बढेकाले उहाँले आइसियुको क्षमता बढाउनुपर्ने बताउनुभयो ।
कोभिड १९ का कारण धेरैको रोजगारी गुमेकोले भारतीय श्रमिकको प्रतिस्थापन गरी रोजगारी श्रृजना गर्ने गरी काम अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys