Erani Mahal
रिव्दीकोटको जलेश्वरमा १ सय ८ पिपल रोपियो
jalessor (1)
पाल्पा– जिल्लाको रिव्दीकोट गाउँपालिकाको जलेश्वर मन्दिर क्षेत्रमा १ सय ८ पीपलको विरुवा रोपण गरिएको छ । गाउँपालिकाका प्रमुख नारायण जिसी लगायतको टिमले जलेश्वर क्षेत्रमा पिपलको विरुवा रोपेको हो । गाउँपालिकाले नयाँ धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना अनुसार जलेश्वर क्षेत्रमा केही वर्षदेखि नियमित रुपमा बर, पिपल, स्वामी लगायतका विरुवाहरु रोप्दै आएको र यस वर्ष पनि सोही कार्यक्रम अनुसार रोपिएको अध्यक्ष नारायण जिसीले रानीमहललाई बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update