Erani Mahal
पाल्पाका आइसाेलेशनमा रहेका सबै काेराेना संक्रमित निकाे भएर घर फर्किए
उग (1)
पाल्पा - पाल्पामा आइसाेलेशनमा रहेका सबै काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन्हा । जिल्लाका कुल ५६१ संक्रमित मध्ये आइसाेलेशनमा रहेका सबैजना ५६० काेराेना संक्रमित निकाे भएर घरमा फर्किएका हुन् । काेराेना संक्रमित हुने मानिसकाे संख्या घटेपछि निकाे भएर घर जानकाे संख्या बढेकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । पाल्पामा सोमबार मात्र थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । साेमवार रम्भाका काेराेना संक्रमित निकाे भएर घर फर्किएका हुन् । संक्रमितलाइ लक्षण नदेखिएपछि पीसीआर बिनै घरमा फर्काइएकाे हाे । पाल्पामा अब ४ जना मात्र आइसाेलेसनमा छन् । माथागढीका ३० जना, रामपुरका ११७ जना, पूर्वखोलाका १५९ जना, रैनादेवी छहराका ३९ जना, रम्भाका ४४ जना, बगनासकालीका ४२ जना, तिनाउका ८ जना, रिब्दीकोटका ५ जना, निस्दीका ९९ जना, तानसेनका १४ जना, गुल्मीका २ जना र अर्घाखाँचीका १ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । पाल्पाकाे पूर्वखाेलाका एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे । उनलाइ काेराेना पाेजेटिभ भेटिएकाे हाे ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update