Erani Mahal
पाल्पामा फरार रहेका ६ आराेपीहरु पक्राउ
mmmaas
पाल्पा- पाल्पामा फरार रहेका ६ आराेपीहरु पक्राउ परेका छन् । अदालतबाट फैसला कार्यान्वयन भई कैद र जरिवाना समेत तोकिएका फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको बिशेष अभियानमा पक्राउ गरी अदालतमा हाजिर गराएकाे हाे । उनीहरुलाइ जिल्ला अदालत पाल्पा पठाईएको प्रहरीले जनाएकाे छ । फराररहेर पक्राउ पर्नेमा १) जिल्ला पाल्पा रैनादवी छहरा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ३२ को झबिन्द्र सुर्यवंशी । २) जिल्ला पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३४ को मिन बहादुर सारू । ३) जिल्ला पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३० की उर्मिला सारू । ४) जिल्ला पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ बस्ने बर्ष २७ को नर बहादुर राना । ५) जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं. १ बस्ने बर्ष २६ को सुमन खाम्चा भन्ने सुमन चौहान । ६) जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं.- ६ बस्ने वर्ष ५१ की लक्ष्मी सारु रहेकाे प्रहरी प्रबक्ता मदन गिरीले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update