Erani Mahal
प्रहरीद्वारा अबैध गाजा खेती नष्ट
unnamed
पाल्पा – पाल्पाकाे प्रहरीले अबैध रूपमा लगाइएकाे गाजा खेती नष्ट गरेको । तानसेन–९, मा प्रभास प्रहरी चौकीको टोलीले गाजाका बोटहरु नष्ट गरेको हो । स्थानीय बुद्धिजीवि, समाजसेवीको रोहबरमा विभिन्न स्थानमा अबैध रुपमा उम्रेका २०० गाजाका बोटहरु नष्ट गरेको प्रहरीले जनाएको छ । प्रभास प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक एक्काबहादुर नेपालीले लागु औषधको रुपमा प्रयोग हुने भएकाले अबैध रुपमा उम्रेका गाजाका बोटहरु नष्ट गरेको बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update