Erani Mahal
पूर्वखाेला गाउँपालिकामा  राेटा भाइरस विरुद्धकाे खाेप सुरु
116430458_2641374616115646_885160539604937726_n
पाल्पा । पुर्वखाेला गाउँपालिकाकाे अायाेजना र स्वास्थ्य कार्यालय पाल्पाको समन्वयमा राेटा भाइरस विरुद्धकाे खाेपकाे शुभारम्भ गरिएकाे छ । खाेप पूर्वखाेला गाउँपालिकाकाे वडा नम्बर ४ देविनगरबाट सुरु भएको हाे । खाेप कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पा परिवार नियाेजन सुपरभाइजर प्रभास पन्थीले राेटा भाइरसबाट खाेप सबै बच्चाहरुमा पुर्याउने ,राेटा भाइरसबाट बचाउने , उद्देश्यले खाेप सन्चालन गरेको बताउनु भयो । स्वास्थ्य कार्यालय पाल्पाका खाेप अधिकृत अाेम प्रकाश पन्थीले राेटा भाइसरकाे परिचय ,खाेप बच्चा जन्मेको छ हप्तामा एक पटक र दस हप्तामा गरि दुई पटक लगाउने ,खाेपबाट हुने फाइदा ,खाेप नलगाउदा बच्चामा अाउन सक्ने समस्याकाे बारेमा जानकारी गराउनु भएको थियोे । अाज सुरु भएको खाेप कार्यक्रममा ४ जना बच्चालाई राेटा भाइरस खाेप लगाएको थियो । कार्यक्रममा बाेल्दै देविनगर वडाका सदस्य मेहर सिङ थापा भुवन सिङ्जाली स्वास्थ्य व्यवस्थापन समितिका सदस्य मेहरमान थापाले खाेप लगाउन सबै जनाले आ अाफ्नाे क्षेत्रबाट सहयोग गर्ने बताउनुभयाे । पुर्वखाेला स्वास्थ्य शाखाका प्रमुख माेहन ढकालको सन्चालन देविनगर वडाका अध्यक्ष रिम प्रसाद क्षेष्ठकाे अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्य कर्मि महिला स्वयमसेविका हजार दिनका अामाहरु गरि ११५ जनाकाे सहभागी रहेको थियो । राेटा भाइरस खाेप पालिकाकाे छ वटै वडामा सन्चालन गर्ने गाउपालिकाले जनाएको छ
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update