Erani Mahal
काेराेना जाेखिम फैलिन सक्ने भन्दै निस्दीमा विद्यालयकाे पठनपाठन सन्चालन नहुने
116436150_594539897872871_911638608604965676_n
पाल्पा/ निस्दी गाउँपालिका पाल्पामा रहेका विद्यालयहरुमा पठनपाठन सन्चालन नहुने भएको छ । साउन १६ गते बसेको कार्यपालिका बैठकले गाउँपालिका भित्र रहेका विद्यालयहरुमा पठनपाठन नगर्ने निर्णय गरेको हो । विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) कारण यसै शैक्षिकसत्रमा विद्यालय नियमित सन्चालन हुन नसकेको निस्दीमा साउन ११ गते देखि जोर-बिजोर बार र कक्षा अनुसार सन्चालन गर्दै आएको थियो । निस्दीले एक सूचना जारी गर्दै शिक्षकहरु नियमित उपस्थित भइ बैकल्पिक प्रणालीबाट विद्यार्थीहरुको सिकाइ सहजीकरण गर्न,विद्यालयको वार्षिक कार्ययोजना तयार गर्न आग्रह गरेको छ । त्यसैगरी विद्यालय सुधार योजना निर्माण गर्ने,शैक्षिक तथ्यांक अध्यावधिक गर्ने,गत शैक्षिक शत्रको नतिजा विश्लेषण गरि आगामी शैक्षिक गुणस्तर एवम् उपलब्धि सुधार योजना निर्माण गर्ने सुझाव समेत दिएको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update