Erani Mahal
पाल्पाली समुदायमा ‘काेराेना’ परीक्षण गरिएकाेमा ११० जनाकाे रिपाेर्ट नेगेटिभ
PCC
पाल्पा – समुदायमा कोरोना फैलिएको जाँचका लागि गरिएको कोरोना परीक्षणमा ११० जनाको रिपोर्ट नेगेटिभ आएको छ । पाल्पाका विभिन्न क्षेत्रमा क्रियाशिल ११८ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ११० जनाको रिपोर्ट नेगेटिभ आएको हो । लकडाउनका समयमा फ्रन्ट लाईनमा खटेका पत्रकार, व्यापारी, बैंकका कर्मचारी तथा सरकारी कर्मचारीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार ११० जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी ८ जनाको रिपोर्ट आउन बाँकी छ । जिल्लास्थित सिसिएमसीको बैठकले समुदायमा कोरोना फैलिएको बारेमा जाँच गर्न तीन दिनअघि ११८ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि भैरहवा पठाएको थियो । अझैँ ८ जनाको रिपोर्ट आएपछि समुदायमा कोरोना फैलिएको/नफैलिएको बारेमा भन्न सकिने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५५६ जना निको भएर घरमा फर्किसकेका छन् । ५ जना अझैँ आइसोलेसनमा छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update