Erani Mahal
पाल्पामा ५६१ काेराेना संक्रमितमध्ये ५५६ जना निकाे भएर घर फर्किए (तथ्यांक सहित)
yt
पाल्पा - पाल्पामा हालसम्म ५५६ काेराेना संक्रमित निकाे भएर घरमा फर्किएका छन् । काेराेना संक्रमित हुने मानिसकाे संख्या घटेपछि निकाे भएर घर जानकाे संख्या बढेकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । पाल्पामा सोमबार मात्र थप ७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । विभिन्न स्थानका संक्रमित निकाे भएर घर फर्किएका हुन् । संक्रमितलाइ लक्षण नदेखिएपछि पीसीआर बिनै घरमा फर्काइएकाे हाे । पाल्पामा अब ४ जना मात्र आइसाेलेसनमा छन् । माथागढीका ३० जना, रामपुरका ११७ जना, पूर्वखोलाका १५९ जना, रैनादेवी छहराका ३९ जना, रम्भाका ४० जना, बगनासकालीका ४२ जना, तिनाउका ८ जना, रिब्दीकोटका ५ जना, निस्दीका ९९ जना, तानसेनका १४ जना, गुल्मीका २ जना र अर्घाखाँचीका १ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । पाल्पाकाे पूर्वखाेलाका एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे । उनलाइ काेराेना पाेजेटिभ भेटिएकाे हाे ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update