Erani Mahal
पाल्पामा पितृ प्रसाद खाएर बिरामी भएका ७५ मध्ये ४० जना अस्पतालबाट डिस्चार्ज
115936749_1188237524862831_6922168418747208810_n
पाल्पा – केही दिनअघि रामपुर नगरपालिका–७, मोहटीमा १३ औँ दिनको पितृप्रसाद खाएर बिरामी परेका ७५ जनामध्ये ४० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मोहटी गाउँका छिमेकी र आफन्त खीर तथा अन्य परिकार खादा ७५ जना बिरामी परेका थिए । उनीहरुलाई पितृ प्रसाद खाएको भोलिपल्टदेखि नै वान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने, रिंगाटा लाग्ने समस्या देखिएको थियो । प्रसादका कारण बिरामी भएका ५० भन्दा बढी मानिसको लुम्विनी मेडिकल कलेज प्रभासमा तीन दिनदेखि उपचार भईरहेको छ । अस्पतालका निर्देशक डा. राजु शाक्यले प्रसाद खाएर बिरामी भएका ४० जनालाइ स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको बताउनुभयो । बाँकी अन्यको पनि स्वास्थ्यमा सुधार देखिएको र केही दिनपछि डिस्चार्ज गरिने डा. शाक्यले बताउनुभयो । रामपुर अस्पतालमा समेत १५ जना भन्दा बढीको उपचार भईरहेको अस्पतालले जनाएको छ । उनीहरुको समेत स्वास्थ्यमा सुधार आएको छ । पितृ प्रसादमा कुन खालको अखाद्य बस्तु मिस्सिएको थियो भन्ने बारेमा भने अनुसन्धान भईरहेको छ । रामपुर नगरपालिकाले प्रसादका लागि सामान बिक्री गर्ने पसलको अनुगमन गरेर केही खाद्य पदार्थ शील गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update