Erani Mahal
पाल्पामा काेराेना समुदायमा फैलिएकाे पत्ता लगाउन ११८ जनाकाे स्वाब संकलन
PCC
पाल्पा – समुदायमा कोरोना सङ्क्रमण फैलिएको पत्ता लगाउन पाल्पामा पीसीआर परीक्षणका लागि ११८ जनाको स्वाब सङ्कलन गरिएको छ । जिल्लास्थित सीसीएमसीको बैठकले फ्रन्ट लाइनमा खटेका मानिसको पीसीआर गर्ने निर्णय गरेसँगै पाल्पामा ११८ जनाको स्वाब सङ्कलन गरिएको हो । कोरोना सङ्क्रमण समुदायमा फैलिएको छ कि छैन भनेर पत्ता लगाउन व्यापारी, पत्रकार, भीडभाड हुने कार्यालयका कर्मचारीको स्वाब सङ्कलन गरिएको छ । यस्तै पाल्पास्थित प्रत्येक बैँकका एक÷एक जना कर्मचारी र औषधि व्यवसायीहरूको गरी ११८ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको छ । समुदायमा कोरोना सङ्क्रमण फैलिएको जाँच गर्न स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गर्न पठाइएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँले मङ्गलबार र बुधबार सङ्कलन गरिएको स्वाबको रिपार्ट चार दिनपछि आउने जानकारी दिनुभयो । पाल्पामा हालसम्म ५६१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काेराेना समुदायमा फैलिन सक्ने सम्भावना रहेको भन्दै पाल्पास्थित सीसीएमसीको बैठकले एक सय जनाको पीसीआर गर्ने निर्णय गरेकाे थियाे । तर धेरै जनाकाे सिफारिस बढेपछि ११८ जनाको स्वाब सङ्कलन भएको छ । पाल्पाामा हालसम्म ५६१ जना सङ्क्रमितमध्ये ५५६ जना निको भएर घर फर्किएका छन् भने ४ जना आइसोलेसन सेन्टरमा उपचारमा छन् । एक जनाको भने उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update