Erani Mahal
पितृप्रसाद खाएर बिरामी भएपछि नगरपालिकाले गर्‍याे सामान लगेकाे पसलमा अनुगमन
anugaman rampur (1)
पाल्पा - पितृप्रसाद खादा एउटै गाउका नागरिक नै बरामी परेपछि रामपुर नगरपालिकाले सो कार्यमा सामान लैजाने पसलमा अनुगमन गरेको छ । आइतबार रामपुर नगरपालिका वडा नं ७ मोहटीमा मानबहादुर सुनारको १३ औँ दिनको शुद्धशान्तिमा पितृप्रसाद ग्रहण गरेका आफन्त, छिमेकी, स्थानीय बिरामी परेपछि सामान किनमेल गरेका पसलहरुमा नगरपालिकाले अनुगमन गरेको हो। आइतबार खाएका उनीहरु सोमबार र मङलबार गरि झन्डै ७५ बढी गाउले बिरामी परेर अस्पताल आएपछी नगरपालिकाले पसल अनुगमन गरि उनीहरुले खरिद गरेका सबै थरिका सामानलाई शिल गरेको छ । ल्याब परिक्षण पछि रिपोर्ट आउदासम्म ति सामान शिल गरिएको छ भने अन्य म्याद नाघेका केही सामान पनि जफत गरि नष्ट गरेको छ । रामपुरको बेझाड बजारमा रहेको फ्याम्ली सपिङ्ग सेन्टरबाट पाउडर दुध, प्रतिमा प्रतिक इन्टरप्राइजेजबाट राज्मा, हिमालयन प्रोभिजन स्टोर्सबाट चुक (अमिलो) खरिद गरी लगिएको जानकारीका आधारमा नगरपालिका, प्रहरी, प्रशासन, उद्योग वाणिज्य संघ, पत्रकार सहितको टोलिले पसल अनुगमन गरेको हो। रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य, ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिमबहादुर कार्की, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, कृषि शाखा प्रमुख रामहरी पाण्डेय, रामपुर नगरपालिका ५ का अध्यक्ष हिमाल मल्ल, कार्यपालिका सदस्य सावित्रा गौतम, पत्रकार लगायतको टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा पसलमा म्याद नाघेका सामग्री टोलीले जफत गरी नष्ट गरेको अनुगमन समितिका संयोजक तथा नगरउपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो । सस्कृती अनुसार उम्कने ठाउमा पितृप्रसाद खाने क्रममा एकै गाउका यत्ती धेरै बिरामी पर्नुभयो आचार्य भन्नुभयो-के चिजको असरले भयो अनुसन्धान र परिक्षण जारी छ, सो पसलको अनुगमन गरि संभावित सामानलाई शिल गरेका छौ केही समान जफत गरि सबै निकायको रहोबरमा नष्ट गरिएको छ । अनुगमन टोलिले फेमली सपिङ्ग सेन्टरबाट १ सय २० प्याकेट पाउडर दूध र प्रतिमा प्रतीक इन्टरप्राइजेजबाट साढे ११ किलो राज्मा र हिमालयन प्रोभिजनल स्टोर्सको १ बत्तल चुक स्वास्थ्य रिपोर्ट नआउदासम्मलाई शिल गरेको छ । सोही अबसरमा टोलीले त्यही पसलमा अन्य सामाग्री पनि जाच गरेको छ । फेमली सपिङ्ग सेन्टरमा गोदाम र म्याद नाघेका सामान राखेको गोदामको अनुगमन गरेको हो । जहाँको गोदामबाट २१ वटा कोलगेट, १२ वटा स्प्राइटको बोत्तल म्याद गएको फेला पारेको थियो । प्रतिमा प्रतीक इन्टरप्राइजेजबाट म्याद नाघेको डेरी मिल्क फेला परेको थियो भने मल, दाना र खाद्यान्नको गोदाम एकै ठाउँमा भिन्दाभिन्दै रहेकोमा यसलाई थप व्यबस्थित बनाएर राख्न निर्देशन दिएको छ । त्यस्तै गैरे किराना पसल तथा सस्कार सस्कृती स्टोर्सलाई नगरपालिका र उद्योग वाणिज्य संघमा अनिवार्य दर्ता गर्न र मुल्यसुची राख्न अनुरोध गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले बताउनुभयो । जफत सामान मुचुल्का गरि सरोकारवालाको रहोबरमा नष्ट गरिएको छ । [caption id="attachment_12182" align="alignnone" width="2560"] अनुगमनका झलक तस्विस सीता डाेटेल रानीमहल [/caption] यही साउन ११ गते आईतवार मानबहादुर सुनारको १३ औँ दिनको शुद्धशान्तिमा पितृप्रसाद खाएर बिरामी परेका ५७ जनाको तानसेन लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भएको छ । बुधबार दिउसोसम्म १० जना रहेकोमा साझ अबेर पुनः ७ जना थपिएका सहित रामपुर अस्पतालमा १७ जना उपचारमा रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update