Erani Mahal
तानसेन नगरपालिकाद्वारा विपद पीडितलाइ राहत सामग्री प्रदान
Uu
पाल्पा– विश्व व्यापी रुपमा फैलिएको कोरोना जोखिम कायम रहेको अवस्थामा तानसेन नगरपालिकाले बाढी प्रभावित क्षेत्रका स्थानीयहरुलाई राहत प्रदान गरको छ । नगरपालिकाले बाढी र पहिरोले पीडित रहेका नगरका नागरिकहरुलाई पाल प्लाष्टिक, त्रिपाल, टिन, लगायतका सामग्री सहित नगद समेत प्रदान गरेको छ । नगरपालिका क्षेत्रमा विपद पीडित नागरिकलाई युके एडबाट प्राप्त राहत सामग्रीहरु वितरण गरिएको हो । यस्तै क वर्गमा रहेका विपत पीडितहरुलाई ७ हजार पाँच सयका दरले रकम समेत दिइएको हो । वितरण कार्यक्रममा नगरप्रमुख अशोक कुमार शाही, प्रवक्ता दामोदर प्रसाद घिमिरे, नगरपालिकाका पदाधिकारी, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update